Main News

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्यो, आज मात्र ५४ जना संक्रमित फेला

हिमालय टिभी
२०७७ असार २२ गते १७:००
काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्यो, आज मात्र ५४ जना संक्रमित फेला

२२ असार, २०७७, काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या दिनहुँ बढेको पाइएको छ । हिजो ३० जनामा देखिएकोमा आज संक्रमितको संख्या झण्डै दोब्बर बढेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ५४ जना संक्रमित थपिएका हुन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा २४, ललितपुरमा २० र भक्तपुरमा १० जनामा संक्रमण देखिएको छ ।

यसअघि आइतबार काठमाडौंमा २७, भक्तपुरमा १ र ललितपुर जिल्लामा २ जनामा कोरोना संक्रमण भेटिएको थियो । काठमाडौं उपत्यकामा निरन्तर संक्रमितको संख्या बढिरहे पनि संक्रमित कुन क्षेत्रका हुन् भन्ने सरकारले स्पष्ट पारेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *