नेकपाभित्र शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला नेता नेपाल र चिनियाँ राजदूतबीच भेट

२२ असार, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला चिनियाँ राजदूत होउ यान्छीले सक्रियता बढाउनुभएको छ ।
चिनियाँ राजदूत यान्छीले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको हो ।
नेपाल निवास कोटेश्वरमा भएको भेटवार्तामा नेकपा भित्र देखिएको विवाद समाधानबारे राजदूत यान्छीले चासो देखाउनुभएको हो । राजदूत यान्छीले नेपाल कम्युनिष्ट पार्टीलाई थप बलियो बनाउनेगरी लाग्न नेता नेपाललाई आग्रह समेत गर्नुभएको छ ।
नेकपाको स्थायी कमिटिका ४५ मध्ये ३० सदस्य नेपाल(प्रचण्ड पक्षमा छन् । प्रधानमन्त्री ओलीले दुबै पद नछाड्ने अडान लिइरहेका बेला राजदूतले सक्रियता बढाउनुभएको हो ।
गएको बैशाखमा पनि नेकपामा चरम विवाद भएका बेला राजदूत यान्छीले शीर्ष नेताहरुसँग भेटवार्ता गर्नुभएको थियो । राजदूत यान्छिने नेकपा अध्यक्ष प्रचण्डसँग पनि भेटवार्ताको तयारी गर्नुभएको छ ।
प्रतिक्रिया