Main News

बाँके वाणिज्य बैंक घोटालामा संलग्न ८ जनाविरुद्ध मुद्दा दायर

हिमालय टिभी
२०७७ असार २२ गते १२:३९
बाँके वाणिज्य बैंक घोटालामा संलग्न ८ जनाविरुद्ध मुद्दा दायर

२२ असार, २०७७ काठमाडौं । राष्ट्रिय बाणिज्य बैंक घोटलामा संलग्न रहेको अभियोगमा ८ जनाबिरुद्ध जिल्ला अदालत बाँकेमा मुद्दा दायर भएको छ ।

नक्कली कागजपत्रका आधारमा एक करोड २५ लाख रुपैँया ऋण लिने र दिने कार्यमा संलग्न नेपालगन्जका सुनचाँदी व्यवसायी, राष्ट्रिय बाणिज्य बैंकका म्यानेजर र धितो मुल्यांकनकर्तासहित ८ जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।

सरकारी छाप किर्ते गरेको अभियोगमा मुद्दा दायर भएका मध्ये सुनचाँदी ब्यबसायी रिजवान अहमद जसगढ, राष्ट्रिय बाणिज्य बैंकको त्रिभुवनचोक शाखाका प्रवन्धक ललितबहादुर शाही, खजान्ची कलबहादुर वली पक्राउ परि सकेका छन ।

बैंकका आधिकारिक धितो मुल्यांकनकर्ता इन्जिनियर कर्णबहादुर केके, प्रादेशिक कार्यालयका कर्जा स्वीकृत समितिका प्रबन्धक होताराम योगी, ऋणीका आमा शशिना जसगढ र श्रीमती फमिला बानु जशगढ फरार छन ।

सरकारी छाप किर्ते गरेको अभियोगमा उनीहरुलाई ७ बर्ष कैद र ७० हजार जरिवाना माग दाबी गरेर मुद्दा दायर गरिएको हो ।

सुनचादी ब्यबसायी जशगढले नक्कली कागजपत्र र किर्ते छापका आधारमा २०७६ मंसीर २२ गते ५० लाख र २०७७ जेठ २५ गते ७५ लाख गरी १ करोड २५ लाख रकम निकालेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *