ओलीको कांग्रेससँग सत्ता सहकार्य प्रयास, कांग्रेसले दियो यस्तो जवाफ (भिडियोसहित)

२१ असार, २०७७ काठमाडौं । पार्टीभित्र संकटमा परेपछि प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग सत्ता सहकार्यको प्रयास गर्नुभएको छ ।
त्यसका लागि प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पछिल्लो पाँच दिनमा दुई पटक भेटवार्ता गर्नुभएको छ । भेटमा ओलीले पार्टी फूट्न लागेकोले सत्ता सहकार्यका लागि प्रस्ताव समेत गरेको स्रोतको दावी छ ।
भेटमा ओलीले एमसीसी पारित गर्ने र सत्ता सहकार्य गर्ने प्रस्ताव गर्नुभएको छ । ओली र देउवाले भेट र त्यसका विषयलाई गोप्य राखेपछि ओली र देउवाको भेट अर्थपूर्ण मानिएको छ । ओलीले आजै आफ्ना विश्वास पात्र सुवासचन्द्र नेम्वाङ्लाई देउवा समक्ष दूतका रुपमा पठाएर समेत छलफल गर्नुभएको छ ।
नेम्वाङले यो विषयले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिमा समेत प्रवेश पाएको छ । केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यहरुले सभापति देउवासँग ओलीसँग सत्ता साझेदारीको विषय के हो भनेर सोधेका छन । जवाफमा देउवाले त्यसबारे कुनै प्रष्ट जवाफ नदिएको स्रोतले जनाएको छ ।
एमसीसी पारित गर्न सहयोग मागेको र त्यसमा आफ्नो सहयोग रहने बताएको केन्द्रीय समितिमा देउवाले जवाफ दिनुभएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको बारम्बारको आग्रहपछि सभापति देउवाले भेटेको जानकारी दिनुभयो ।
बैठकमा कांग्रेस नेताहरुले सत्ता साझेदारीको विषय के हो भनेर सोध्दा देउवाले प्रष्ट जवाफ नदिएको र महाधिवेशनको कार्यतालिका तर्फ विषयान्तर गरेको एक नेताले बताए ।
एमसीसी पारित नहुने देखेपछि ओलीले कांग्रेससँग सत्ता सहकार्य गरी एमसीसी पारित गर्ने र त्यसका लागि नयाँ पार्टी बनाउने तयारी गरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार ओलीले देउवासँग महत्वपूर्ण मन्त्रालय नै अफर गर्नुभएको छ ।
प्रतिक्रिया