काठमाडौं उपत्यकामा मात्रै ३० जना कोरोना संक्रमित फेला, कहाँ कति नयाँ संक्रमित भेटिए ?

२१ असार, २०७७ काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा पनि कोरोना भाइरस संक्रमितको संख्या बढेको पाइएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै ३० जनामा कोरोना संक्रमण फेला परेको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको पीसीआर ल्याबमा गरिएको परीक्षणबाट २१ जना संक्रमित भेटिएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका थप ५ जना संक्रमित भेटिएका छन्। उनका अनुसार वीर अस्पतालको ल्याबमा गरिएको परीक्षणमा काठमाडौंका अर्का एक जना संक्रमित भेटिएका छन्।
त्यसैगरी त्रिवि शिक्षण अस्पालको ल्याबमै गरिएको परीक्षणमा भक्तपुरका १ जना र ललितपुरका दुई जनामा पनि कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
कहाँ कति नयाँ संक्रमित भेटिए ?
कञ्चनपुर ३२
रौतहट २७
काठमाडौं २७
धनुषा २७
कैलाली २७
बाजुरा २०
सल्यान १५
महोत्तरी १२
सुर्खेत १२
प्यूठान ११
डडेलधुरा ९
सर्लाही ७
दैलेख ५
बर्दिया ५
अर्घाखाँची ४
रुकुम पश्चिम ४
बैतडी ३
डोटी ३
रामेछाप २
सिन्धुपाल्चोक २
झापा २
ताप्लेजुङ २
मोरङ २
तनहुँ २
कास्की २
ललितपुर २
नुवाकोट २
कपिलवस्तु २
रुपन्देही २
दैलेख २
पाँचथर १
सिराह १
पर्सा १
सल्यान १
मकवानपुर १
बाँके १
भक्तपुर १
इलाम १
म्याग्दी १
धादिङ १
बागलुङ १
लमजुङ १
गोरखा १
नवलपरासी १
स्याङ्जा १
अछाम १
बैतडी १
प्रतिक्रिया