Main News
बझाङ पहिरो अपडेट : पहिरोले डेढ दर्जन घर बगाउँदा बेपत्ता ६ जनाको शव फेला
२०७७ असार २० गते १६:५६

२० असार, २०७७ बझाङ । बझाङमा गएराति पहिरोले डेढ दर्जन घर बगाउँदा बेपत्ता भएकामध्ये ६ जनाको शव भेटिएको छ।
बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा गएको पहिरोमा परेर बेपत्ता भएकामध्ये ६ जनाको शव भेटिएको वडाध्यक्ष गणेश बोहराले जानकारी दिनुभयो ।
पहिरोले पुरिएर ४४ वर्षीय राममती देवी जेठारा, उनका १२ वर्षीय छोरा प्रयाग जेठारा, १३ वर्षीया छोरी अस्मीता जेठारा, दले जेठारा, १५ वर्षीय सन्तु जेठारा र १५ वर्षीय शान्ति जेठाराको शव भेटिएको छ । २२ वर्षीय गिरी जेठाराको अवस्था अज्ञात रहेको वडाध्यक्ष बोहराले जानकारी दिनुभयो ।
तीन स्थानबाट पुगेका प्रहरी टोलीले पहिरोमा पुरिएकाको खोजी गरिरहेका छन् । उद्दारका लागि जाँदै गरेको नेपाली सेनाको गाडी दुर्घटना हुँदा केहि सैनिक सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया