२० असार, २०७७ काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट संकलन गरी परीक्षण गरेको ढलको पानीमा कोरोना भाइरस देखिएको छ।
सेन्टर फर मोलिक्युलर डायनामिक्स नेपाल (सीएमडीएन) ले गरेको अनुसन्धानमा उपत्यकाको ढलमा कोरोना भाइरस देखिएको हो।
सीएमडीएनका अध्यक्ष तथा प्रबन्ध निर्देशक डाक्टर दिवेश कर्माचार्यले उपत्यकाभित्रबाट दश दिन अघि चार ठाउँबाट ल्याएको नमूनामध्ये दुई ठाउँमा कोरोना भाइरस फेला परेको जानकारी दिनुभयो ।
जनस्वास्थ्य विज्ञ समिरमणि दीक्षितले उपत्यकाको ढलमा कोरोना भाइरस देखिनुको अर्थ समुदायमा कोरोना भाइरस फैलिएको तथ्यलाई पुष्टि गर्नु भएको बताउनुभयो । उहाँका अनुसार यो अनुसन्धानले समुदायमा परिक्षण आवश्यक देखिएको छ ।