Main News
बझाङको केदारस्युँमा १७ घर पहिरोमा पुरिए, २० जना बेपत्ता
२०७७ असार २० गते ९:०२

२० असार, २०७७ बझाङ । बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर ८ मल्लेसीमा पहिरो जाँदा १७ घर पुरिएका छन् ।
गाउापालिकाकी उपाध्यक्ष निशा धामीका अनुसार १७ घर पुरीएका छन् भने पहिरोमा परि २० जना भन्दा बढी बेपत्ता भएकाहरुको खोजि कार्य जारी राखिएको छ ।
स्थानीय प्रशासनले भने क्षतिको एकिन विवरण आउन नसकेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले घटनास्थल सदरमुकामबाट टाढा रहेकाले यकीन जानकारी आउन नसकेको बताउनुभयो ।
उहाँले सुरक्षाकर्मीको टोली परिचालन गरिएको जनकारी दिनुभएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी गणेश बमले पनि प्रहरीहरु घटनास्थलमा पुग्न नसकेकाले क्षतिको विवरण आइनसकेको जानकारी दिनुभयो ।
तस्वीर प्रतिकात्मक मात्र हो ।
प्रतिक्रिया