Main News

दाङमा लापरवाहीको पराकाष्ठा, स्वाब परीक्षण नै नगरी घर फर्काइँदै (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार १९ गते २०:०७
दाङमा लापरवाहीको पराकाष्ठा, स्वाब परीक्षण नै नगरी घर फर्काइँदै (भिडियोसहित)

१९ असार, २०७७ दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पैसा नपाएको भन्दै कोरोना परीक्षण बन्द गरेपछि समस्या भएको छ । कोरोना परीक्षणका लागि स्थानीय तहले प्रतिव्यक्ति ५ हजार ५ सय रुपैयाँका दरले रकम उपलब्ध गराउनु पर्ने माग राखेर प्रतिष्ठानले परीक्षण बन्द गरेको हो । उसले स्थानीय तहका क्वारन्टिनमा बसेका व्यक्तिको नमूना परीक्षण नै नगरी फर्काएको छ ।

स्थानीय तहले आर्थिक सहयोग नगरेको भन्दै दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना परीक्षणको लागि लगिएका नमूना परीक्षण बिना नै फिर्ता पठाएको छ ।

प्रतिष्ठानले कोरोना परीक्षण वापद स्थानीय तहसँग प्रतिव्यक्ति ५ हजार ५ सय रुपैयाँ मागेको थियो । तर स्थानीय तहले त्यो रकम दिन नसकेपछि उसले नमूना नै फिर्ता गर्न थालेको हो । संघ र प्रदेशले सहयोग गरिरहेकाले यो शीर्षकमा रकम दिन नसक्ने बताएपछि प्रतिष्ठानले स्वाव फिर्ता गरेको हो ।

नजिकैको प्रतिष्ठानमा स्वाब परिक्षण नभएपछि दाङ्गका स्थानीय तहले नमूना संकलन गरेर काठमाडौ, नेपालगञ्ज र भैरहवा पठाउन थालेका छन । प्रतिष्ठानमा दुई वटा पिसिआर मेसिन जडान भए पनि त्यहाँ नयाँ नमूना लिन बन्द गरिएको छ । प्रतिष्ठानले अहिले पहिल्यै संकलन भएको र पैसा तिर्ने स्थानीय तहबाट आएका नमूना मात्र परीक्षणा गरिरहेको छ । पैसा नदिने स्थानीय तहको नमूना फिर्ता गर्दा समस्या भएको छ ।

स्वाब परीक्षणका विषयमा प्रतिष्ठानको पनि आफ्नै गुनासो छ । सरकारले पनि रकम नदिएको र भएको रकम सकिएकाले कोरोना परीक्षण नगरी नमूना फिर्ता गरीएको प्रतिष्ठानले जनाएको छ ।

कोरोना महामारी फैलिनबाट रोक्न संक्रमित पत्ता लगाउनु आवश्यक छ र संक्रमित पत्ता लगाउन परीक्षण बाहेक अर्को उपाय छैन । अहिले देशभरमा कोरोना संक्रमित बढ्दै गएकाले परीक्षणको दर पनि बढाउनु पर्ने आवश्यकता छ । यस्तो बेलामा भइरहेको प्रयोगशालाले नै परीक्षणा रोक्नु गैरजिम्मेवारपनको परकाष्ठा हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *