तपस्वी बम्जनविरुद्ध यौन दुर्व्यवहारको आरोपमा जिल्ला अदालत सर्लाहीमा मुद्दा दायर

१९ असार, २०७७ काठमाडौं । आफूलाई तपस्वीको रुपमा चिनाउँदै आएका रामबहादुर बम्जनविरुद्ध बाल यौन शोषण र यौन दुर्व्यवहारको आरोपमा जिल्ला अदालत सर्लाहीमा मुद्दा दायर भएको छ।
सर्लाहीको सरकारी वकिलको कार्यालयले बम्जनलाई फरार प्रतिवादी देखाउँदै १४ वर्षसम्म कैद सजाय र बालबालिका ऐनअनुसार क्षतिपूर्ति माग दाबीसहित जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
१४ देखि १६ वर्ष उमेरका बालिकालाई बलात्कार गरेको कसुरमा १२ देखि १४ वर्षसम्म कैद सजाय हुने प्रावधान मुलुकी अपराध संहितामा रहेकाले त्यहीअनुसार मागदाबी लिएर मुद्दा दायर गरिएको हो ।
बम्जनका सहयोगीहरु आफूलाई तोप्चेन महात्मा गुरु भनेर चिनाउने ज्ञानकुमार बम्जन र जितबहादुर तमाङविरुद्ध मतियारको अभियोगमा मुद्दा दायर भएको छ । केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० को सहयोगमा सर्लाही प्रहरीले बम्जनमाथि अनुसन्धान गरेको थियो।
प्रहरीले दुई पटक उनलाई पक्राउ गर्न खोजेपनि असफल भएको थियो। प्रहरी आउने संकेत पाएपछि उनी हरेक पटक फरार हुदै आएका छन् ।
२० साउन ०७३ मा उनले सर्लाहीको आश्रममा १८ वर्षीया आनीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ। धम्क्याएर पटक–पटक बलात्कार गरेको पीडितको उजुरीको आधारमा प्रहरीले उनीमाथि अनुसन्धान गरेको थियो ।
प्रतिक्रिया