राजनीति

नेविसंघका नेतालाई सभापति देउवाले यसरी झाँको झारे (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार १९ गते १२:५५
नेविसंघका नेतालाई सभापति देउवाले यसरी झाँको झारे (भिडियोसहित)

१९ असार, २०७७ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेविसंघ नेतृत्व प्रति आक्रोशित हुनुभएको छ ।

नेपाली कांग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९६र्औ जन्म जयन्तीको अवसरमा काठमाडौंमा भएको कार्यक्रममा बोल्दै सभापति देउवाले नेविसंघले संगठन विस्तारमा काम नगरेको भन्दै आक्रोशित हुनुभएको हो । उहाँले नेविसंघले गाउँगाउँमा, स्कुलस्कुलमा नेविसंघ बनाउन नसक्ने तर काठमाडौंमा भाषण गरेर बस्ने प्रवृतिले नेविसंघ कमजोर बनेको भन्दै नेविसंघ नेतृत्वप्रति आक्रोश व्यक्त गर्नुभयो ।

अहिले गाउँठाउँ स्कुल कतैपनि नेविसंघ नरहेको र कुनैपनि स्कुलमा जित्ने हैसियत नेविसंघले नराखेको भन्दै आक्रोशित हुनुभयो । पहिला गाउँ र स्कुलमा गएर नेविसंघ बनाएर मात्र आफुसँग कुरा गर्न आउन उहाँले विद्यार्थी नेताहरुलाई निर्देशनसमेत दिनुभयो ।

राम्रोसँग गर्नुस, नेविसंघलाई बलियो बनाउनुस । गाउँठाउँमा सबै स्कुल कलेजमा जित्नुस् । जहाँ पनि हारेको हार्‍यै छ नेविसंघलाई लाज पनि छैन् । हामी सबै ठाउँमा जितेका थियौं । नेविसंघ कहाँ छ आज ? गाउँमा छ ? स्कुलमा छ ? अहिले गाउँमा कहीँ पनि नेविसंघ देखिँदैन । गाउँ स्कुलमा जवसम्म नेविसंघ हुँदैन तवसम्म कहिल्यै पार्टी बलियो हुँदैन् । त्यही नेविसंघ त हो नि पार्टी भन्ने । कहाँ छ नेविसंघ ? कतिपल्ट भन्ने । कहिले सभापतिलाई भने । एबाबा गाउँमा बोलाउ गाउँमा । स्कुलमा नेविसंघ बनाउ बनाउँदै बनाउँदैन ।

उहाँले भन्नुभयो ‘राम्रोसँग गर्नुस, नेविसंघलाई बलियो बनाउनुस । गाउँठाउँमा सबै स्कुल कलेजमा जित्नुस् । जहाँ पनि हारेको हार्‍यै छ नेविसंघलाई लाज पनि छैन् । हामी सबै ठाउँमा जितेका थियौं । नेविसंघ कहाँ छ आज ? गाउँमा छ ? स्कुलमा छ ? अहिले गाउँमा कहीँ पनि नेविसंघ देखिँदैन । गाउँ स्कुलमा जवसम्म नेविसंघ हुँदैन तवसम्म कहिल्यै पार्टी बलियो हुँदैन् । त्यही नेविसंघ त हो नि पार्टी भन्ने । कहाँ छ नेविसंघ ? कतिपल्ट भन्ने । कहिले सभापतिलाई भने । एबाबा गाउँमा बोलाउ गाउँमा । स्कुलमा नेविसंघ बनाउ बनाउँदै बनाउँदैन । अनि हारेको हा¥यै छ । सबै ठाउँमा कहाँबाट कम्युनिष्टले जित्यो यहाँ । कसरी जिते कम्युनिष्टहरु । उनीहरुले गाउँगाउँमा बनाए । काठमाडौंमा आएर ड्दाबड्दा भाषण गरेर केही हुने वाला छैन् । गाउँमा जाउ गाउँमा । गाउँमा बनाउ, गाउँको स्कुलमा बनाउ नेविसंघ अनि मात्र झगडा गर्न आउ । केही नगर्ने मसित कुरा गर्ने ?’

उहाँले अहिले नेविसंघभित्र देखिएको विवाद केही पनि नभएको र दुई पक्षबीच कुरा गरी समस्याको समाधान निकालिने बताउनुभयो । उहाँले विद्यार्थीहरु आपसमा मिल्न नसक्नु नै मुख्य समस्या भएको बताउनुभयो । आफू अहिलेसम्म चारपल्ट प्रधानमन्त्री भएको तर अहिलेको कोही पनि विद्यार्थी नेताहरु भविश्यमा प्रधानमन्त्री बन्ने लायकको नभएको भन्दै लाज मन्नुपर्ने अवस्था आएको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘अहिलेको कुरा केही होइन सबै कुरा हुन्छ । नेविसंघको पूर्णता हुन्छ । नेपाली कांग्रेसको अधिवेशनको काम भइरहको हुन्छ । त्यस कारणले दुई साइडको कुरा हुँदै गर्छ । हाम्रा केही समस्याहरु छन् । बहिरपट्टी जाँदैन् । विद्यार्थीहरु आपसमा मिल्या भए समस्यै हुन्थेन नी । आफुलहरु झगडा ग¥याग¥यै छन् । म नेविसंघको सभापति पनि हुँ । तीनपल्ट प्रधानमन्त्री भइसके चारपल्ट भइसकेँ । तपाईहरु कोही हुन सक्नुहुन्छ भोलि यस्तै हिसाबले लाज पनि छैन यहाँ ।

सभापति देउवाले कोरोना महामारीको बेला कार्यक्रम किन गरेको भन्दै प्रश्नसमेत गर्नुभयो । उहाँले भन्नुभयो ‘सोसल डिस्ट्यान्सिङ भन्या छ, टाँसिर बसिराखेको छ । लाज पनि छैन । बोल्दा खेरी पनि भ्यालु पनि छैन् । कहाँ डिस्ट्यान्सिङ छ यहाँ ? त्यसकारणले खतरा हुन गएको छ यो । यसमा चिच्याएर ठूलोठूलो स्वर गरेर केही हुनेवाला छैन् । सोसल डिस्ट्यान्सिङ गर्नुस यस्तो टाँसिएर बसेर हुन्छ ?’

उहाँले कहिलेकार्ही कार्यक्रम नगरे पनि हुने र गर्नै परे अलि फराकिलो ठाउँमा थोरै मान्छे भेला भएर गरेको भए के हुन्थ्यो ? भन्दै उहाँले आक्रोश व्यक्त गर्नुभयो । उहाँले कार्यक्रम गरेर बड्दा हुनुपर्ने, भाषण गरिहाल्नुपर्ने भन्दै नेविसंका नेतृत्वलाई थर्काउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्