Main News
गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १०६३ पुग्यो
२०७७ असार १९ गते ८:११

१९ असार, २०७७ कास्की । गण्डकी प्रदेशमा आज थप ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसंगै गण्डकीमा संक्रमितको संख्या एक हजार ६३ पुगेको छ ।
आज नवलपुरको कावासोतीमा १४ र मध्यविन्दु नगरपालिकामा ५ सहित १९ जनामा संक्रमण देखिएको छ ।
तनहुँको ऋषिङमा ७, भिमादमा २, पर्वतको विहादी, फलेवास र पैयूँमा एक एक जना तथा बाग्लुङको जैमिनिमा एक जना संक्रमित थपिएका स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
प्रतिक्रिया