Main News

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओली थप संकटमा पर्ने निश्चित

हिमालय टिभी
२०७७ असार १८ गते ८:०७
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओली थप संकटमा पर्ने निश्चित

१८ असार, २०७७ काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष एबं प्रधानमन्त्री केपी शर्मा ओली पार्टीभित्र थप संकटमा पर्ने देखिएको छ ।

यसअघि उहाँलाई साथ दिँदै आएका गृहमन्त्री रामबहादुर थापा बादलले समेत साथ छोडेपछि प्रधानमन्त्री ओली अझै अप्ठेरोमा पर्ने देखिएको हो ।

प्रचणड नेपाल समूहको हिजो साँझ ललितपुरको एक होटेलमा भएको छलफलमा सहभागि भएका गृहमन्त्री एबं सचिवालय सदस्य बादलले ओलीबाट मुलुकले निकास नपाउने भन्दै चर्को आलोचना गरेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

पार्टी बिधि र पद्धतिमा चलाउनुपर्ने भएपनि प्रधानमन्त्रीबाट त्यो भएन, सरकारलाई समाजवादउन्मुख ढंगबाट अगाडी बढाउनुपर्ने त्यो बाटोमा गएको देखिएन,’ भेलामा थापाले राखेको भनाई उद्धृत गर्दै एक नेताले भने, ‘समाजवादको बाटोमा जान सकेका छैनौं, क्रान्तिबाट ल्याएको सफलता प्रतिक्रान्तिको बाटोतिर जाने खतरा बढेको छ, त्यो प्रधानमन्त्रीकै कारण भएको हो, अब यसरी हुँदैन।’

यसअघि प्रायः सचिवालय बैठकमा मौन रहे पनि निर्णायक बैठकहरुमा प्रधानमन्त्री ओलीलाई खुलस्त रुपमा साथ दिँदै आएका थापाको प्रचण्ड–नेपाल खेमामा सहभागितालाई अर्थपूर्णरुपमा लिइएको छ।

प्रचण्ड नेपाल समूहको दाबीअनुसार महासचिव विष्णु पौडेल लगायतका ओली पक्षमा रहेको अरु नेताहरु पनि बहुमतको खेमामा आउने सम्भावना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *