Main News

गंगालाल हृदय केन्द्रमा प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण

हिमालय टिभी
२०७७ असार १७ गते १८:४३
गंगालाल हृदय केन्द्रमा प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण

१७ असार, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाँसबारीस्थित गङ्गालाल हृदय केन्द्रमा स्वास्थ्य परीक्षण गाराउनुभएको छ ।

स्वास्थ्य परीक्षण पूरा गरी प्रधानमन्त्री ओली आजै निवास फर्कनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो नियमित चेकजाँचका लागि बाँसबारीस्थित शहीद गङ्गालाल हृदय केन्द्र पुग्नुभएको हो ।

स्वास्थ्यमा खराबी त्यस्तो नआएको तर चिकित्सकको सल्लाह अनुसार उहाँको नियमित चेकजाँचका लागि प्रधानमन्त्री ओली अस्पताल जानुभएको प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईंले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *