Main News

दाङको अन्न भण्डार मानिने देउखुरीमा सलहबाट ठुलो क्षति

हिमालय टिभी
२०७७ असार १७ गते ८:३२
दाङको अन्न भण्डार मानिने देउखुरीमा सलहबाट ठुलो क्षति

१७ असार, २०७७ दाङ । दाङको अन्न भण्डार मानिने देउखुरी क्षेत्रमा सलहले मकैबालीमा ठूलो क्षति पुर्‍याएको छ । राप्ती गाउँपालिका, राजपुर गाउँपालिका, गढवा गाउँपालिका र लमही नगरपालिकामा सलहका बथान देखिएका छन् ।

सलहका बथानले मकैबाली नष्ट गरेको राप्ती गाउँपालिका–२ बराखुटीका वासिन्दा सन्तोष गिरीले जानकारी दिनुभयो । गिरीका अनुसार करिब आधा घण्टामा सो क्षेत्रको आधाभन्दा धेरै मकैबारी उजाड बनाएर हिँडेको छ ।

त्यस्तै, सोही वडाको लालमटिया भन्ने ठाउँका किसानले लगाएको मकै बारी पनि सलहले सखाप पारिदिएको छ । थाल ठटाएर र धुँवा उडाएर पनि सलह नभागेपछि मकैको बोट हल्लाएर लखेटेको स्थानियले जानकारी दिए ।

राप्ती गाउँपालिकाका किसानहरू यसैवर्ष अमेरिकी फौजी किराबाट पीडित भएका थिए । फौजी किराबाट जसोतसो मकै जोगाउन सफल भएका उनीहरू फेरि सलहको मारमा परेका छन् ।

फौजी किराबाट जोगिन घरेलु औषधि छरेर पनि नभएपछि गाउँपालिकाले नै विषादी उपलब्ध गराएको थियो । सलहलाई भगाउन स्थानीयले थाल ठटाएको, टायर बालेको र हल्लाखल्ला गरेको गिरीले जानकारी दिनुभयो ।

राप्ती गाउँपालिका वडा नं। ३ मसुरियामा पनि सलह किरा देखिएको स्थानीयले बताएका छन् । राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी सलहको बथान थुप्रै बिघामा लगाइएको मकै बालीमा बसे पनि कसको बारीमा कति क्षति भयो भनेर भन्न सकिने अवस्था नरहेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *