Main News

लकडाउनका कारण ट्याक्सी चलाउन नपाएपछि व्यवसायी आन्दोलनमा

हिमालय टिभी
२०७७ असार १६ गते १३:०६
लकडाउनका कारण ट्याक्सी चलाउन नपाएपछि व्यवसायी आन्दोलनमा

१६ असार, २०७७ काठमाडौं । लकडाउनका कारण लामो समयदेखि ट्याक्सी चलाउन नपाएपछि व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् ।

ट्याक्सी सञ्चालकहरु आज बिहान नयाँबानेश्वर–तीनकुने सडकखण्डको किनारमा ट्याक्सी पार्क गरेर प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका हुन् ।

ट्याक्सी चालक तथा व्यवसायीहरुले रोगले होइन, भोकले मर्ने भइयो सरकार लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका हुन् ।

सरकारले कोरोना संक्रमणको जोखिम रहेको भन्दै सार्वजनिक यातायातका साधन चलाउन रोक लगाएको छ । सरकारले लकडाउनको अहिलेको मोडललाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेसँगै ट्याक्सी चालक र व्यावसायी आन्दोलनमा उत्रिएका हुन् ।

कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले तीन महिना लामो लकडाउन गरेर आफूहरुका लागि राहतको प्याकेज नल्याएको ट्याक्सी व्यवसायीहरुले गुनासो गरेका छन् ।

कर पनि मिनाहा नभएको र किस्ता तिर्ने अवधि पनि थप नभएपछि आफूहरु मारमा परेको ट्याक्सी व्यवसायीको गुनासो छ ।

लामो लकडाउनका कारण आम्दानीको स्रोत पनि बन्द भएपछि दैनिक छाक टार्न पनि समस्या भएको भन्दै व्यवसायीले शान्तिपूर्ण प्रदर्शन थालेका हुन् । सरकारले ट्याक्सी व्यवसायीको पक्षमा कुनै कदम नचाले ट्याक्सीको चाबी यातायात व्यवस्था विभागलाई बुझाउने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *