राजनीति

प्रधानमन्त्री ओलीले भने–भारतले मलाई हटाउन खोज्यो, तर म हट्दिनँ (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार १४ गते १४:५५
प्रधानमन्त्री ओलीले भने–भारतले मलाई हटाउन खोज्यो, तर म हट्दिनँ  (भिडियोसहित)

१४ असार, २०७७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नक्सा जारी भएपछि सरकार परिवर्तनको खेल सुरु भएको बताउनुभएको छ ।

६९ औं मदन जन्मजयन्तीका अवशरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिलेका सरकारलाई हटाउन विभिन्न खेल सुरु भएको बताउनुभयो । चीनसँगको टान्सपोर्ट सम्झौता गरेपछि आफ्नो सरकारलाई हटाइएको स्मरण गर्दै ओलीले अहिले नयाँ नक्सा जारी गरी संविधान संशोधन भएपछि पुन सरकार परिवर्तनको खेल सुरु भएको बताउनुभयो । नयाँ नक्सा जारी गरेवाफत प्रधानमन्त्रीलाई हटाउँछु भन्ने सपना नदेख्न पनि उहाँले आग्रह गर्नुभयो ।

नेपालको राष्ट्रियता यति कमजोर छैन, नक्सा छापेवापत, संविधानमा नक्सा सामेल गरेवापत यस देशको प्रधानमन्त्रीलाई हटाउँछु भनेर कसैले सपना देख्या छ भने आजको राष्ट्रियता त्यति कमजोर छैन । यो नसोचे पनि हुन्छ । त्यसकारण यो भ्रम हो । कोसिस गर्नेलाई गर्न दिउँ ।

उहाँले भन्नुभयो, ‘‘पहिले यहाँहरूलाई सम्झना होला, चीनतिरबाट ट्रान्सपोर्ट, ट्रन्जिट एग्रिमेन्ट गरेपछि सरकार ढल्या थियो किनकी हामीसँग बहुमत थिएन । अहिले त्यही सपना देखेर संविधान संशोधन भएर नक्सा जारी भयो । यस्तो अपराध गर्ने केपी ओलीलाई । बाहिरबाहिर भन्न नसक्ने, भित्रभित्र कुरा हो त्यो । यस्तो अपराध गर्नेलाई दिल्लीका सञ्चार माध्यम सुन्नुहोस् त्यसैले निदेएश गर्छ कहाँ के भइरहेको छ । यहाँका होटलमा भइरहेका गतिविधिहरुले बताएको छ । दूतावासको सक्रियता यसले पनि बताएको छ । तर नेपालको राष्ट्रियता यति कमजोर छैन, नक्सा छापेवापत, संविधानमा नक्सा सामेल गरेवापत यस देशको प्रधानमन्त्रीलाई हटाउँछु भनेर कसैले सपना देख्या छ भने आजको राष्ट्रियता त्यति कमजोर छैन । यो नसोचे पनि हुन्छ । त्यसकारण यो भ्रम हो । कोसिस गर्नेलाई गर्न दिउँ ।’ तर हिजोको जस्तो होइन कसैले हतारो नगरेपनि हुन्छ र कसैले विभिन्न आग्रह नपाले पनि हुन्छ ।’’

प्रधानमन्त्री ओलीले सरकार परिवर्तनको प्रयास जति भएपनि हिजोको जस्तै आजको भोलि परिवर्तन हुनै नसक्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री बन्न हतार नगर्न पनि आग्रह गर्नुभयो । पार्टीभित्रै चर्को आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीको यस्तो धारणा आएको हो ।

प्रधानमन्त्रीको जिम्मेवारीमा बस्न मन नभएपछि अहिले नेपालको पक्षमा बोल्ने हिम्मत भएको व्यक्ति नभएकाले आफ्नो आवश्यकता रहेको आशय उहाँले व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘प्रधानमन्त्रीको जिम्मेवारीमा बस्न मन छैन् । तर यति बेला म हट्ने हो भने नेपालको पक्षमा बोल्ने आँट कसैलाई आउने छैन् । किनभने भोलीपल्ट वर्खास्त हुन्छ । त्यसैले आजका लागि होइन भोलिका लागि । आफ्ना लागि देशका लागि । र हाम्रो पार्टी हाम्रो संसदीय दल यस्ता बहकाउनमा लाग्नेवाल पनि छैन् र नबुझ्ने अञ्जान खेलमा सामेल हुने पनि छैन् ।’’

ओलीले आफ्नो पार्टी र संसदीय दल कसैको बहकाउमा नलाग्ने समेत बताउनुभयो । प्रधानमन्त्री ओलीले भुलचुकले नेपालको गुमेको भूमि समेतको नक्सा नछापिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘धेरैले प्वाइन्ट अफ नो रिटर्न । नक्सा छाप्ने कुरा । संविधान संशोधन गर्ने कुरा प्वाइन्ट अफ नो रिटर्न हो । मैले पनि प्वाइन्ट अफ नो रिटर्न नै गरेको हो । किनकी यो अभियानबाट हामी फिर्ता हुँदैनौँ । त्यहाँ प्वाइन्ट अफ नो रिटर्न राख्ने कुनै कुरा थिएन । यसकै लागि नक्सा सार्वजकि गरिएको हो भन्ने गरेको छन । भूमि चाहियो प्वाइन्ट अफ नो रिटर्न । प्वाइन्ट अफ नो रिटर्न नै छैन् ।’

धेरैले प्वाइन्ट अफ नो रिटर्न । नक्सा छाप्ने कुरा । संविधान संशोधन गर्ने कुरा प्वाइन्ट अफ नो रिटर्न हो । मैले पनि प्वाइन्ट अफ नो रिटर्न नै गरेको हो । किनकी यो अभियानबाट हामी फिर्ता हुँदैनौँ । त्यहाँ प्वाइन्ट अफ नो रिटर्न राख्ने कुनै कुरा थिएन । यसकै लागि नक्सा सार्वजकि गरिएको हो भन्ने गरेको छन । भूमि चाहियो प्वाइन्ट अफ नो रिटर्न । प्वाइन्ट अफ नो रिटर्न नै छैन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई साइकल चलाउन नआउने बताउनुभयो । राष्ट्रपतिले १६ करोडको गाडी चढेको भन्दै हुने आलोचनालाई संकेत गर्दै ओलीले मदन भण्डारीकी धर्मपत्नीलाई साइकल चलाउन नआउने बताउनुभएको हो ।

आफै महंगा गाडी बढ्नेहरुले राष्ट्रपतिको आलोचना गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘‘स्विडेनको राजा साइकलमा हिँड्छन् । उनी सौखका लागि हिड्छन् । उनी के गाडी नभएर साइकलमा हिँडेका हुन् ? स्कर्टिङ हुँदैन ? त्यो कुरा होइन । स्कर्टिङ पनि हुन्छ, गाडी पनि हुन्छ । दरबार नजिकैको रेलवे स्टेसनमा साइकल लिएर जान्छन् यो सौखको कुरा हो ।’’

प्रधानमन्त्री ओलीले आफु शासन गर्न नभएर देशको सेवा गर्न नन्मिएको बताउनुभयो । कतिपयले आफुले लगाउने जुत्ताको समेत आलोचना गर्ने गरेको उल्लेख गर्दै उहाँले शासक हुन नभएर आफु देशको सेवाका लागि जन्मिएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्