Main News
सलहले धेरै क्षति नगरेकाले नआत्तिन कृषि मन्त्रालयको आग्रह (भिडियोसहित)
२०७७ असार १४ गते १३:३१

१४ असार, २०७७ काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सलहले धेरै क्षति नगरेको भन्दै किसानलाई नआत्तिन आग्रह गरेको छ ।
कृषि विज्ञसँगको छलफलपछि कृषिमन्त्री घनश्याम भुसालले गृह र विपद व्यवस्थापन समितिसँग समन्वय गरेर सलह नियन्त्रण गर्ने बताउनुभयो ।
उहाँले विषादी छर्किनुपर्ने भए ड्रोन, ट्यांकर लगायतको व्यवस्था गरिने जानकारी पनि दिनुभयो ।
भारतमा सलहको ठूलो बथान सक्रिय भएकाले त्यसको गतिविधिमा निगरानी गर्न नेपाल सरकारले राष्ट्र संघ र भारतीय अधिकारीहरुसँग समन्वय गर्ने बताउनुभयो ।
छलफलमा विज्ञहरुले भारतको राजस्थानबाट सलह किराको अझै ठूलो मुभमेन्ट हुने देखिएको जानकारी गराएका छन ।
सलह नियन्त्रणका लागि खर्चको व्यवस्थापन गर्ने जिम्मा कृषि मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीलाई दिइएको छ ।
प्रतिक्रिया