Main News

गण्डकी प्रदेशमा थप २३ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ८८८ पुग्यो

हिमालय टिभी
२०७७ असार १४ गते ७:३८
गण्डकी प्रदेशमा थप २३ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ८८८ पुग्यो

कास्की । गण्डकी प्रदेशमा थप २३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसंगै गण्डकीमा संक्रमितको संख्या ८ सय ८८ पुगेको छ ।

पछिल्लो समय बाग्लुङमा २७, तनहुमा ६, पर्बत र सल्यानका एक एक जनामा संक्रमण देखिएको हो । बाग्लुङ नगरपालिकामा १७, बडिगाडमा ६ र काठेखोलामा ४ जना संक्रमित भएका छन् ।

तनहुँको भानु नगरपालिकामा ३, शुक्ला गण्डकीमा २ र व्यास नगरपालिकामा एक जनामा संक्रमण भएको छ । पर्वतको कुस्मा र सल्यानको बाग्चौरका एक जनामा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

हिजो मात्र गण्डकीमा ८२ जना संक्रमित थपिएका थिए । गण्डकीबाट हालसम्म १२१ जना संक्रमण मुक्त भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *