Main News

राजु सदाहरु कहिलेसम्म अस्पतालमै मर्ने ? छानबिनले देला उत्तर ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार १३ गते १९:५४
राजु सदाहरु कहिलेसम्म अस्पतालमै मर्ने ? छानबिनले देला उत्तर ? (भिडियोसहित)

१३ असार, २०७७ काठमाडौं । भारतबाट फर्किएका धनुषाको पर्साहीका १६ वर्षिय राजु सदाको उपचार नपाएरै ज्यान गएको भन्दै स्थानीयबासिन्दाले दिनहुँ प्रदर्शन गर्दै आएका छन् । स्थानीय युवाले प्रदेशका सामाजिक विकासमन्त्रीको राजीनामा पनि मागेका छन् ।

संघीय सरकारको निर्देशनमा प्रदेश सरकारले घटनाबारे छानविन गर्न समिति गठन गरेको छ । यस्तै प्रदेश सरकारले मृतकका परिवारलाई ५ लाख रुपैयाँ राहत दिने निर्णय पनि गरेको छ । तर यो घटना यत्तिकै सेलाउने संकेत देखिएको छैन ।

धनुषाको पर्साहीका राजु सदाले यसरी छटपटाई छटपटाई प्रादेशिक अस्पताल जनकपुरधाममा ज्यान गुमाउनु पर्यो। भारतको मद्रासबाट जेठ १४ गते घर फर्केका १६ वर्षीय राजुलाई गाउँकै क्वारन्टिनमा राखिएको थियो ।

तर क्वारन्टिनमा बसेकै बेला झाडा पखला लागेर गम्भरी विरामी परेपछि ट्रिपरमा हालेर जेठ २९ गते प्रादेशिक अस्पताल जनकपुरधाममा पुर्याइयो । कोरोना संक्रमणको आशंकामा सदालाई आइसोलेसन वार्डमा राखियो । समयमा नै कोरोना परीक्षण भएन ।

चिकित्सकले हेरेनन् । जेठ १४ गते भारतबाट आए लगत्तै कोरोना परीक्षण हुनु पर्ने राजुको गम्भीर विरामी भएर अस्पताल पुगेको दिन जेठ २९ गते पनि परीक्षण हुन सकेन । अस्पतालकै बेडमा यसरी १२ दिन छटपटाएपछि बल्ल असार ८ गते राजुको कोरोना परीक्षण भयो र नेगेटिभ रिपोर्ट आयो ।

राजुमा जब कोरोना छैन भन्ने पुष्टि भयो त्यसपछि मात्र अस्पतालको आकस्मिक कक्षमा राखेर उपचार शुरु गरियो । त्यतिबेला धेरै ढिलो भइसकेको थियो त्यसैल राजुको ज्यान जोगिएन । राजुको यो मृत्यु, थिएन । बरु सरकारी सिस्टमले गरेको हत्या थियो ।

राजुको मृत्युपछि सरकारको विरोधमा प्रदर्शन शुरु भयो । प्रदेश २ सरकारले राजुका परिवारलाई ५ लाख रुपैयाँ राहत दिने घोषणा गर्यो । संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनमा प्रदेश सरकारले छानवीन समिति पनि बनायो ।

अस्पतालले पनि घटना बारे छानविन गरिहेको छ । उपचारको जिम्मेवारी पाएका डाक्टरले सक्दो प्रयास गर्दा पनि राजुको ज्यान वचाउन नसकिएको जवाफ दिएका छन् । राजुमा इन्सेफ्लाइटिस देखिएको उनीहरुको दावी छ । प्रदेश अस्पतालकै बेडमा विरामीले यसरी छटपटाएर मर्नु पर्छ भने अरु दुर्गम ठाउँका विरामीको हालत के होला रु

नेपालका क्वारन्टिन काल घर जस्तै बनेका छन् । राजुलाइ पनि क्वारन्टिनमा बस्दा झाडा पखाला लागेर उपचार नपाउँदा ज्यान गएको छ । यसमा तीनै तहका सरकार जिम्मेवार छन् । सरकारी सिस्टम र लापरवाही यस्तै रहे अरु धेरै राजुले आकालमै ज्यान गुमाउनुपर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *