Main News

लकडाउन अवधिमा प्रदेश ५ मा मात्र दुर्घटनामा ६४ जनाको मृत्यु

हिमालय टिभी
२०७७ असार १३ गते १४:५३
लकडाउन अवधिमा प्रदेश ५ मा मात्र दुर्घटनामा ६४ जनाको मृत्यु

१३ असार, २०७७, बुटवल । सरकारले गरेको लकडाउनको अवधिमा प्रदेश पाँचमा ६४ जनाले दुर्घटनामा परेर ज्यान गुमाएका छन् ।

गत चैत ११ गतेदेखि सरकारले लकडाउन घोषणा गरेको थियो । प्रदेश पाँचका १२ जिल्लामा लकडाउन भएको ३ महिनाको अवधिमा २ सय ३५ वटा सवारी साधन दुर्घटनामा परेका छन् ।

उक्त दुर्घटनामा परेर ३१२ जना घाईते भएको पाँच नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक डम्बर विश्वकर्माले जानकारी दिनुभयो ।

प्रहरीले उपलब्ध गराएको तथ्यांकमा प्रदेश पाँचमा अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षमा दुर्घटनामा परि मृत्यु हुनेको संख्या घटेको छ ।

चालु आर्थिक वर्षको असार १० गतेसम्म ४ सय ५९ जनाको दुर्घटनामा मृत्यु भएको छ । अघिल्लो अर्थिक वर्षमा प्रदेश पाँचमा दुर्घटनामा परि मृत्यु हुनेको संख्या ६ सय २३ थियो ।

लक डाउनका कारण चालु आर्थिक वर्षमा राजश्व संकलन पनि घटेको छ । लक डाउनको अवधिमा ६० लाख १७ हजार ५ सय रुपैंया राजश्व संकलन भएको छ ।

ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनबाट गत आर्थिक वर्षमा १४ करोड ४१ लाख ९४ हजार रुपैंया राजश्व संकलन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *