Main News

लकडाउन खुकुलो भएसँगै सहरबजारमा भिडभाड बढ्यो, संक्रमणको खतरा बढ्दो

हिमालय टिभी
२०७७ असार १३ गते ७:५३
लकडाउन खुकुलो भएसँगै सहरबजारमा भिडभाड बढ्यो, संक्रमणको खतरा बढ्दो

१३ असार, २०७७ काठमाडौं । लकडाउन खुकुलो भएसँगै मुख्य सहर बजारमा भिडभाड हुने क्रम बढेको छ ।

सडक, सपिङ मल, होटल, रेस्टुरेन्ट र ससाना भट्टीमा समेत अनियन्त्रित रूपमा भिडभाड बढ्न थालेपछि कोरोना संक्रमण दर बढ्न सक्ने चिकित्सकले बताएका छन् ।

भिडभाडमा भौतिक दूरी र सुरक्षाका विधिसमेत अवलम्बन नगरिँदा कोरोनाको संक्रमण भयावह हुन सक्ने भन्दै सावधानी अपनाउन चिकित्सकले आग्रह गरेका छन् । व्यक्ति व्यक्तिबीच भौतिक दूरी कायम हुन नसक्दा कोरोना भाइरसको जोखिम बढ्ने सम्भावना देखिएको छ ।

विस्तारै देशैभर बजार क्षेत्र पुरानै अवस्थामा फर्किन थालेको छ । ठेलमठेल गरेर हिँड्न थालिएको छ । काठमाडौं उपत्यकालगायत देशभरका सहरी क्षेत्रमा कोरोना संक्रमण समुदायमा फैलन सक्ने भयसमेत बढेर गएको छ ।

सरकारी कार्यालय, उद्योगधन्दा, ठूला तथा साना पसल, निर्माण क्षेत्र, बैंक तथा वित्तीय संस्थालगायत खोलिएको छ । हरेक दिनजसो दूरी नै कायम नभई आन्दोलनसमेत हुने गरेको छ ।

लकडाउन खुकुलो हुँदै गएपछि भौतिक दूरी कायमको कार्यान्वयनमा समस्या देखिएको छ । सरकारले पनि कडाइ गर्न सकेको छैन भने नागरिकस्तरबाट लापारवाही गर्न थालिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *