बल्ल नेपालको जनसंख्या ३ करोड नाघ्यो

१२ असार, २०७७ काठमाडौं । हामीले हरेक ठाउँमा तीन करोड नेपाली भन्ने गरेका छौँ । तर यसअघि देशको जनसंख्या तीन करोड पुगेको थिएन । तर आज दिउँसो १२ बजेपछि देशको जनसंख्खा तीन करोड नाघेको छ ।
केन्द्रिय तथ्यांक विभागको जनसंख्या घडीमा शुक्रबार दिउँसो १२ बज्नु अघि नेपालको जनसंख्या तीन करोड पुगेको थिएन । जब यो जनसंख्या घडीमा १२ बज्यो त्यसपछि नेपालको जनसंख्या तीन करोड नाघेको संकेत देखियो । दिउँसो १२ बजेपछि नेपालको जनसंख्या ३ करोड ६ सय ३४ पुगेको हो ।
यो घडी २०६८ को जनगणनाको आधारमा सेट गरिएको छ। घडीले जन्मदर, मृत्युदर र बसाइँसराइ दरको हिसाव राख्दै गणितीय आधारमा जनसंख्या देखाउँछ । २०५८ सालको जनसंख्या वृद्धिको हिसाबमा राखिएको तथ्यांक अनुसार २०६८ सालमा यो घडीले देखाएको जनसंख्या त्यही वर्ष भएको जनगणनाको संख्या मिलेको थियो । त्यसैले यो घडिले देखाएको जनसंख्या सही भएको विभागको दावी छ ।
नेपालमा १९५८ सालदेखि हरेक दश दश वर्षको अन्तरमा जनगणना हुँदै आएको छ । जनगणना कुनै पनि देशमा नागरिकको संख्या थाहा पाउन मात्र नभइ नागरिकले पाउने सेवा र सुविधाको योजना बनाउन पनि आवश्यक पर्छ । जनसंख्यकै आधारमा कतिपय योजना बन्ने भएकाले यो धेरै महत्वपूर्ण छ ।
प्रतिक्रिया