ऐप र सामाजिक सञ्जाल जथाभावी प्रयोग नगर्न सरकारलाई संसदीय समितिको निर्देशन
१२ असार, २०७७ काठमाडौं । प्रतिनिधिसभाको विकास तथा प्रविधि समतिले नियमनकारी निकायले पुष्टि गरेपछि मात्रै एप्स र सामाजिक सञ्जाल प्रयोग गर्न सरकारलाई निर्देशन दिएको छ ।
नेपालमा अनधिकृत रुपमा विभिन्न एप्स र सामाजिक सञ्जाल डाउनलोड र प्रयोग गरिएका कारण साइबर अपराध बढेको निश्कर्ष निकाल्दै समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो ।
समितिले आज साइबर अपराध र सुरक्षाबारे सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल प्रहरीको साइबर ब्यूरो, राष्ट्रिय सूचना प्रविधि केन्द्रका पदाधिकारीसँग छलफल गरेको हो ।
केही दिनअघि जुम मिटिङमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मन्तव्य दिँदै गर्दा अश्लिील भिडियो देखिएको थियो । यो घटनाले नेपालको साइबर सुरक्षामाथि प्रश्न उठेको भन्दै विकास समितिमा कुरा उठेको थियो ।
सरकारी बेवसाइट र सूचना प्रविधि सेवा प्रदायक कम्पनीहरुको अनिवार्य सेक्युरिटी अडिट गर्ने व्यवस्था मिलाउन निर्देश गरेको छ ।
प्रतिक्रिया