Main News

राजु सदाको परिवारलाई पाँच लाख उपलव्ध गराउने प्रदेश सरकारको घोषणा

हिमालय टिभी
२०७७ असार १२ गते १३:०८
राजु सदाको परिवारलाई पाँच लाख उपलव्ध गराउने प्रदेश सरकारको घोषणा

१२ असार, २०७७, धनुषा । उपचार नपाएर आइसोलेसनमा ज्यान गुमाएका धनुषाको हंसपुर नगरपालिकाका राजु सदाको परिवारलाई प्रदेश २ सरकारले ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले सदाको परिवारलाई अन्तरिम राहत स्वरुप ५ लाख दिइने जानकारी दिनुभयो ।

घटनाको छानबिन गर्न गठित समितिले काम सुरु गरिसकेको जनाउँदै मन्त्री यादवले छानबिनमा दोषी देखिने जोकोहीलाई कारबाही गरिने बताउनुभयो ।

प्रदेश सरकारले १६ वर्षीय राजु सदाको मृत्युबारे छानबिन गर्न हिजो स्वास्थ्य निर्देशनालयका निर्देशक हरिश्चन्द्र शाहको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको थियो ।

जेठ ३ गते भारतको अहमदावादबाट आएका राजुलाई गाउँकै क्वारेन्टिनमै राखिएको थियो । १७ दिनसम्म क्वारेन्टिनमै बसेपछि उनलाई झाडापखाला लाग्दा टिपरमा बसाएर प्रादेशिक अस्पतालको गेटसम्म ल्याइएको थियो ।

त्यही उनको स्वाब संकलन गरिएको थियो । तर समयमै रिपोर्ट नआएका कारण उनले झाडापाखालाको समेत राम्रो उपचार पाएनन् र सोमबार मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *