जसपाले नागरिकता विधेयकविरुद्ध देशका विभिन्न शहरमा प्रदर्शन गर्ने

१० असार, २०७७ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकको विरोधमा देशका विभिन्न शहरमा प्रदर्शन गर्ने भएको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएर प्रतिनिधिसभामा पुगेको नागरिकता विधेयकका कतिपय प्रावधान विभेदकारी भन्दै जनता समाजवादीले प्रदर्शन गर्ने भएको हो ।
असार १६ गते जिल्ला सदरमुकाम र मुख्य शहरमा विरोध प्रदर्शन र सभा आयोजना गर्न लागिएको जसपाका अध्यक्ष य महन्थ ठाकुर र उपेन्द्र यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिला अंगीकृत नागरिकता पाउन कम्तीमा निरन्तर सात वर्षसम्म नेपालमा बस्नुपर्ने प्रावधानमा उनीहरुको विरोध छ ।
जनता समाजवादी पार्टीले नेपाली नागरिकसँग विवाह गरेका विदेशी नागरिकले आफ्नो मुलुकको नागरिकता त्यागेको प्रमाणको आधारमा अंगीकृत नागरिकता दिनुपर्ने माग गरेको छ ।
प्रतिक्रिया