Main News

नेपालमा थप ६२९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १०७२८ पुग्यो

हिमालय टिभी
२०७७ असार १० गते १६:३१
नेपालमा थप ६२९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १०७२८ पुग्यो

१० असार, २०७७ काठमाडौं । नेपालमा आज थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै देशमा संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार आज सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा संक्रमित भेटिएका छन् । कैलालीमा मात्रै १ सय ५१ संक्रमित थपिएका छन् । कञ्चनपुरमा ८६ नयाँ संक्रमित भेटिएका छन् ।

पछिल्लो पटक १ सय १४ जना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या २३ सय ३८ पुगेको छ ।

कैदिन ११४ जना डिस्चार्ज
प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ११४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । तीमध्ये आठ महिला र १०६ पुरुष छन् । योसँगै निको भएर घर फर्किनेको सङ्ख्या दुई हजार १२४ पुगेको छ । तीमध्ये दुई हजार ३५ पुरुष र १८९ महिला छन् ।

आज डिस्चार्ज हुनेमा जलेश्वर अस्पताल महोत्तरीबाट एक महिला र १८ पुरुष, कोभिड–१९ अस्पताल सपही जनकपुरबाट २० पुरुष, सिन्धुली अस्पताल सिन्धुलीबाट तीन पुरुष रहेका छन् । यस्तै चितवनस्थित भरतपुर अस्पतालबाट नवलपरासी (पूर्व)का एक पुरुष र नवलपरासी (पश्चिम)का दुई पुरुष, चितवनका पाँच महिला र १३ पुरुष, कपिलवस्तुका एक महिला रहेका छन् ।

यसैगरी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट झापाका चार पुरुष, मोरङका १८ पुरुष, सुनसरीका एक महिला र चार पुरुष तथा तेह्रथुमका एक पुरुष रहेका छन् । डिस्चार्ज हुनेमा दमौली अस्पताल तनहुँका एक पुरुष, धौलागिरि अस्पतला बाग्लुङका चार पुरुष, गोरखा अस्पताल गोरखाबाट एक पुरुष, जिपी कोइराला शुक्लागण्डकीबाट छ पुरुष र कालिका अस्पताल स्याङ्जाबाट १० पुरुष रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार अहिलेसम्म दुई हजार ३३८ जना उपचारपछि निको भएर घर फर्किएका छन् । तीमध्ये १९७ महिला र दुई हजार १४१ पुरुष छन् । पछिल्लो २४ घन्टामा पीसीआर विधिबाट छ हजार ८२८ जनाको परीक्षण भएको छ । यस्तै आरडीटी विधिबाट पछिल्लो २४ घन्टामा १२ हजार ११२ जनाको परीक्षण भएको प्रवक्ता डा गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार ७८ हजार ६३९ जना क्वारेन्टिनमा र आठ हजार ३६६ जना आइसोलेशनमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *