सात वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिने व्यवस्थाले राजनीतिक दुर्घटना निम्तने कांग्रेसको चेतावनी (भिडियोसहित)
८ असार, २०७७ काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वैवाहिक अंगीकृत नागरिकता सात वर्षपछि दिने व्यवस्थाले राजनीतिक दुर्घटना निम्त्याउने भन्दै सच्याउन माग गरेको छ ।
राष्टिय सभा बैठकमा कांग्रेस नेता जितेन्द्रनारायण देवले नेकपाको सरकारले मुलुकलाई राजनीतिक दुर्घटना तर्फ लगेको टिप्पणी गर्नुभयो । यो कदमले सामन्ती शक्तिलाई फाईदा हुने देवको दावी छ ।
नागरिकता सम्बन्धी नयाँ व्यवस्थाले भारतसँगको सम्बन्ध तोडेर नेपाललाई चीनको पोल्टामा हाल्न खोजिएको देवको आरोप छ ।
यस्तै जनता समाजवादी पार्टीका सांसद मृगेन्द्र कुमारसिंह यादवले सात वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिने व्यवस्थाले मुठभेड हुने भन्दै फिर्ता लिन आग्रह गर्नुभयो ।
नेकपा सचिवालयको निर्णयपछि संसदको राज्य व्यवस्था समितिले नेपाली पुरुषसँष विहे गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने व्यवस्था सहितको नागरिकता विधेयक पारित गरेको थियो । र, त्यसले नेपालको राजनीतिमा नयाँ विवाद खडा गरेको छ ।
प्रतिक्रिया