Main News

नेपाली भूमि लिम्पियाधुरा कसरी टाढियो काठमाडौंबाट, कहाँनिर चुक्यो राज्य ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ जेठ ३१ गते २०:३४
नेपाली भूमि लिम्पियाधुरा कसरी टाढियो काठमाडौंबाट, कहाँनिर चुक्यो राज्य ? (भिडियोसहित)

३१ जेठ, २०७७ काठमाडौं । भारतले कालपानीदेखि लिम्पियाधुरासँगको जमिन किन अतिक्रमण गर्‍यो । यो भूभाग भारतका लागि किन महत्वपूर्ण छ र यो भूमि पाउन भारतले के के गरिरहेको छ ।

भारतले अतिक्रमण गरेको तर नेपालले आफ्नो नयाँ नक्सामा समेटेको यो लिम्पियाधुरासम्मको भूभाग भारतका लागि सामरिक महत्वको ठाउँ हो । त्यसैले भारतले यो भूमि अतिक्रमण गरेको हो ।

भुगोलको हिसाब गर्ने हो भने यो ठाउँ ३ सय १० वर्ग किलोमिटरभन्दा बढी छ । जुन ललितपुर जिल्ला भन्दा सानो हो । यो भूमिमा अहिले जम्मा ३ हजार हाराहारीमा जनसंख्या छ । तर पनि भारतले योजनावद्ध ढंगले यो भूमिमा कब्जा जमायो ।

यो सिलसिला सन् १९६२ को भारत–चीन युद्धताकादेखि सुरु भएको हो । चिनियाँ सैनिकको गतिविधि निगरानी गर्नका लागि भारतले नेपाल सरकारसँग लिपुलेकमा आफ्नो सैनिक पोस्ट राख्न अनुरोध ग¥यो ।

नेपाल–भारतको सम्बन्ध राजनीतिमा मात्र सिमित छैन । नेपाल र भारत संस्कृति, भाषा, परम्परा लगायत सबै कुरामा जोडिएको छ । छिमेकीलाई अप्ठेरो पर्दा नेपालले सहजै भारतको अनुरोध मान्यो । र, त्यहाँ सैनिस पोस्ट राख्नका लागि अनुमति दियो ।

०१८ सालमा जनगणना गर्न पुगेका नेपाली अधिकारी त्यसपछि यो गाउँमाउक्लिएनन् । कर तिर्नका लागि पनि नेपाल सरकारले कहिले नै ताकेता गरेन । काठमाडौंसँगको दूरी झन् बढ्न थाल्यो । नेपाली भूमी हडप्नका लागि भारतका लागि योभन्दा सुनौलो अवसर कुनै थिएन ।

तर, कालान्तरमा त्यो ठूलो गल्ति सावित भयो । पोस्ट राखिएपछि भारतले यो स्थानको महत्व अझै राम्रोसँग बुझ्न थाल्यो । चीनसँग युद्ध नै गरेको भारतलाई आफ्नो सीमा रक्षा गर्नका लागि चिनियाँ सैनिकको निगरानी गर्न सहज भयो । अक्टोबरमा भारत–चीन युद्ध भयो । नोभेम्बर २१ मा युद्ध सकियो । तर, भारतीय सेना हटेन । कालापानीमा नै भारतीय सेना बसेपछि त्यो भन्दा पश्चिमका नाबी, कुटी र गुञ्जीका बासिन्दाको सम्बन्ध भारतीय पक्षसँग राम्रो हुँदै गयो । त्यसको विपरित काठमाडौंसँग दूरी टाढिन थाल्यो ।

२०१८ सालमा जनगणना गर्न पुगेका नेपाली अधिकारी त्यसपछि यो गाउँमाउक्लिएनन् । कर तिर्नका लागि पनि नेपाल सरकारले कहिले नै ताकेता गरेन । काठमाडौंसँगको दूरी झन् बढ्न थाल्यो । नेपाली भूमी हडप्नका लागि भारतका लागि योभन्दा सुनौलो अवसर कुनै थिएन ।

तिब्बतसँगको व्यापारिक मार्ग मात्र नभएर मानसरोवर यात्राको गल्छीका रुपमा रहेको यो क्षेत्रमा कब्जा जमाउन भारतले यहाँका मानिसहरुमा आफ्नो उपस्थिती देखाउन थाल्यो । उनीहरुको दुःखहरुमा आफ्नो उपस्थिती जनायो । राशन कार्ड दियो । शिक्षा, स्वास्थ्य लगायतका सुविधा पनि भारतले नै दियो । जम्मा तीन हजार जनसंख्या रहेको ती गाउँमा यस्तो सुविधा दिन भारतका लागि कुनै समस्या थिएन ।

भारतले अर्को मौका पनि पायो । १९९५ देखि नेपालमा माओवादी गृहयुद्ध भयो । जसका कारणले गर्दा सरकारको उपस्थिती हुनै छोड्यो, सिमामा भएका प्रहरी सीमा छाडेर झरे । तर भारत यो ठाउँमा झन बलियो हुँदै गयो । उहाँले यहाँका बासिन्दालाई शिक्षा स्वास्थ्य मात्र दिएन । सरकारी नोकरी नै दियो । समय वित्दै गर्दा यो ठाउँका बासिन्दा भारतको सरकारी सेवामा माथिल्लो ओहदामा समेत पुगिसकेका छन् ।

गुञजीका एक जना ब्यक्ति त उत्तराखण्ड प्रहरीको डिआईजी समेत भइसकेका छन् । नेपालले पुराना दसी प्रमाणका रुपमा यो भूमिलाई समेटेर नक्सा सार्वजनिक गर्दै गर्दा भारतीय मिडिया हाम्रा कर्मचारीको जन्मभूमि कसरी नेपालको भनेर कच्चा प्रश्न उठाइरहेका छन् । भारतले अतिक्रमण गरेर भारतीय सीमा सुरक्षा बल एसएसबी र इन्डो तिब्बत सीमा प्रहरीको मुख्यालय नै यहाँ राखेको छ । आर्मीको क्याम्प त पहिले देखि नै थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *