Main News

गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना सङ्क्रमण पुष्टि

हिमालय टिभी
२०७७ जेठ ३१ गते ८:५२
गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना सङ्क्रमण पुष्टि

कास्की । गण्डकी प्रदेशको पर्वत जिल्ला र नवलपरासी पूर्वमा गरी थप ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पर्वतमा ४ र नवलपरासी पूर्वमा १ जनामा सङ्क्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

पर्वतको कुश्मा नगरपालिका १० का १ जना बालक र १७ वर्षीया एक जना किशोरी, पर्वतकै जलजला गाउँपालिकाका १७ वर्षिय १ जना पुरुष र महाशिला गाउँपालिकाका १६ वर्षीया १ जना किशोरमा कोरोनाको सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

यस्तै, नवलपरासी जिल्ला बर्दघाट सुस्ता पूर्व मध्यबिन्दु नगरपालिकाका ४५ वर्षिय १ जना पुरुषमा पनि कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या १९७ पुगेको स्वास्थ्य निर्देशक डा.बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *