Main News

कता जाँदैछ नेपाली समाज ? कति सम्वेदनहीन बन्दैछ ? शव व्यवस्थापनमा पनि किन किचलो ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ जेठ २७ गते २०:२९
कता जाँदैछ नेपाली समाज ? कति सम्वेदनहीन बन्दैछ ? शव व्यवस्थापनमा पनि किन किचलो ? (भिडियोसहित)

२७ जेठ, २०७७ काठमाडौं । कोरोना संक्रमणाबाट ज्यान गुमाउने थपिँदै गएपछि अन्त्येष्टिमा समस्या हुन थालेको छ । शव बोक्न एम्बुलेन्स नपाइने, एम्बुलेन्स पाए पनि चालक नमान्ने, अन्त्येष्टि गर्ने ठाउँमा शव लगे पनि स्थानीय बासिन्दाले विरोध गर्ने समस्या छ । यो समस्याले मृतकका आफन्तमाथि पीडा थपिएको छ ।

कोरोना संक्रमितको शव व्यवस्थापनमा विचित्रका दृष्यहरु देखिन थालेका छन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ज्यान गुमाएका स्याङजाको वालिङका ६० वर्षिय पुरुषको अन्त्येष्टिका बेलाको दृश्य पनि त्यस्तै देखियो। अनि यो दृश्यमा देखिने व्यक्ति मृतकलाइ श्रदाञ्जली र आफन्तलाई सान्त्वना दिन गएका हैनन् । पोखरा महानगरपालिका वडा नम्बर ११ को सेती नदी घाट वरपर भेला भएका यिनीहरुको उद्देश्य मृतकका आफन्तलाई अर्को चोट दिन र आलो घाउमाथि नुन छर्किनु हो ।

कोरोना संक्रमित मृतकको अन्त्येष्टि गर्न नदिनेमा पोखरेली मात्र छैनन् । यसअघि रुपन्देहीका बासिन्दाले पनि गुल्मीका शिक्षकको अन्त्येष्टिमा यस्तै अवरोध गरे । स्थानीय बासिन्दाको अवरोधपछि सेनाले शव लगेर जंगलमा गाड्यो, जबकी हिन्दु परम्परा अनुसार ती शिक्षकको शव जलाईनु पथ्र्यो । कोरोना संक्रमणको कारण ज्यान गुमाउने बढ्दै गएको बेलामा ठाउँ ठाउँमा मृतकको अन्त्येष्टिमा पनि किचलो बढ्दै गएको छ ।

 

उनीहरु कोरोना संक्रमित व्यक्तिलाई आफ्नो ठाउँमा अन्त्येष्टि गर्न नदिन भेला भएका हुन यसरी बाटो छेक्नेमा स्थानीय बासिन्दा मात्र थिएनन् । उनीहरुले चुनेका जनप्रतिनिधिसमेत थिए । प्रदेश सांसद र वडाध्यक्षसमेत थिए । प्रदर्शनमा उत्रिएका केहीलाई प्रहरीले पक्राउ गर्यो । यी वडाध्यक्षले त प्रहरीको लाठी नै भेटे ।

कोरोना संक्रमित मृतकको अन्त्येष्टि गर्न नदिनेमा पोखरेली मात्र छैनन् । यसअघि रुपन्देहीका बासिन्दाले पनि गुल्मीका शिक्षकको अन्त्येष्टिमा यस्तै अवरोध गरे । स्थानीय बासिन्दाको अवरोधपछि सेनाले शव लगेर जंगलमा गाड्यो, जबकी हिन्दु परम्परा अनुसार ती शिक्षकको शव जलाईनु पथ्र्यो । कोरोना संक्रमणको कारण ज्यान गुमाउने बढ्दै गएको बेलामा ठाउँ ठाउँमा मृतकको अन्त्येष्टिमा पनि किचलो बढ्दै गएको छ ।

सरकारले कोरोना संक्रमणबाट निधन भएका व्यक्तिका शव व्यवस्थापन सम्बन्धी कार्यविधि बनाएको छ । कार्यविधिमा परम्परागतरुमा चली आएका अन्त्येष्टि गर्ने स्थानमा त्यही विधि अनुसार अन्त्येष्टि गरिन्छ भनेर लेखिएको छ ।

जस अनुसार परम्परागत रुपमा शव जलाएर अन्त्येष्टि गर्दै आएका समुदायको जलाएर र गाडेर अन्त्येष्टि गर्ने समुदायको गाडेर नै अन्त्येष्टि हुनु पर्छ । तर सरकारले त्यो कार्यविधि विपरित पछिल्लो समय कोरोना संक्रमित मृतकको शव गाड्न थालेको छ । जबकी कार्यविधिमा वेवारिसे शव मात्र गाड्ने भनेर उल्लेख छ । तर वारिस भएका र आफन्तले जलाउँछौँ भन्दा भन्दै पनि सरकारले ती शव गाड्दै आएको छ ।

कोरोना संक्रमणबाट अहिलेसम्म विश्वमा चार लाख १० हजार मानिसको मृत्यु भयो । तर ती मृतकको अन्त्येष्टि गरेकै कारण कसैलाई पनि कोरोना संक्रमण भएको छैन । कोरोना संक्रमित शवको संसर्गबाट भाइरस संक्रमण भएको प्रमाण भेटिएको छैन । तर पनि विश्व स्वास्थ्य संगठनले मृतकको अन्त्येष्टिमा सावधानी अपनाउन आग्रह गरेको छ । र सरकारले पनि कोभिड नाइन्टिनका कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि बनाएको थियो ।

तर शव व्यवस्थापन भने कार्यविधि विपरित हुने गरेकाले पनि विवाद हुने गरेको छ । जुन विवादले बाचुञ्जेल उपचार नपाएका संक्रमितलाई मरेपछि पनि शान्ति नदिएको भनेर सरकार र समाजमाथि प्रश्न उठाएको छ । यसले मृतकका परिवारमाथि पीडा थपिएको छ ।

त्यसैले मरेपछि उसको धर्म र रिती अनुसार शवको अन्त्येष्टि नगर्नु र अन्त्येष्टिमा अवरोध गर्नु गलत हो । सामाजिक मूल्यहिन यस्ता क्रियाकलाप सभ्य समाजका लागि सुहाउने र सुन्न सकिने विषय नै होइनन् । कोरोना विरुद्धको लडाईलाई सबै मिलेर जित्न सकिन्छ । यस्ता क्रियाकलापले कोरोनालाई जित्न सकिन्छ भन्ने भ्रम नपालौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *