Main News

कोरोना जसरी बढ्दैछ डेंगीको जोखिम, झापादेखि डडेल्धुरासम्म संक्रमण (भिडियोसहित)

हिमालय टिभी
२०७७ जेठ २४ गते १९:५५
कोरोना जसरी बढ्दैछ डेंगीको जोखिम, झापादेखि डडेल्धुरासम्म संक्रमण (भिडियोसहित)

२४ जेठ, २०७७ काठमाडौं । नेपालमा कोरोनासँगै डेंगींको प्रकोप समेत बढ्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्याङ अनुसार यो वर्ष १ सय जनामा डेंगुको संक्रमण भइसकेको छ । डेंगुको प्रकोप झापादेखि डडेलधुरासम्मका २५ जिल्लामा फैलिसकेको छ ।

गत वर्ष प्रकोपका रुपमा फैलिएको डेंगींबाट ६८ जिल्लाका १४ हजार ६ सय ६२ जना संक्रमित भए । ती मध्ये ६ जनाको मृत्यु भयो । यो वर्ष अहिलेसम्ममा १ सय जनामा डेंगीं देखिइसकेको छ । सबैभन्दा बढी रुपन्देहीमा ३५ जनामा संक्रमण देखिएको छ । यस्तै पहाडी जिल्लामा पनि यो तिव्र रुपमा फैलिदै गएको छ । म्याग्दीमा १२, कास्कीमा १० र काठमाडौंमा ७ जनामा डेंगी लागेको छ । यो वर्ष २५ जिल्लामा डेंगीं देखिइसकेको छ ।

कोरोना र डेंगीका लक्षण मिल्दो जुल्दो भएकाले थप सचेत हुनु जरुरी छ । कोरोना र डेंगींका दुबैमा ज्वरो आउने शरिर दुख्ने जस्ता समस्या देखिन्छ । डेंगीले कमजोर बनाएका मानिसमा कोरोना संक्रमणको जोखिम पनि बढी हुन्छ । नेपाल कोरोना र डेंगी दुवै पोजेटिभ भएका बिरामी फेला परि सकेका छन् ।

कोरोना र डेंगीका लक्षण मिल्दो जुल्दो भएकाले थप सचेत हुनु जरुरी छ । कोरोना र डेंगींका दुबैमा ज्वरो आउने शरिर दुख्ने जस्ता समस्या देखिन्छ । डेंगीले कमजोर बनाएका मानिसमा कोरोना संक्रमणको जोखिम पनि बढी हुन्छ । नेपाल कोरोना र डेंगी दुवै पोजेटिभ भएका बिरामी फेला परि सकेका छन् ।

कुन जिल्लामा डेंगीका कति संक्रमित ?

रुपन्देही- ३५
म्याग्दी- १२
कास्की-१०
काठमाडौं- ७
सुनसरी- ४
ललितपुर- ४
कपिलवस्तु- ३
मोरङ- ३
बागलुङ- २
कैलाली- २
धनकुटा-२
नुवाकोट-२
धादिङ-२
मकवानपुर-१
गोरखा-१
तनहुँ-१
नवलपरासी-१
पाल्पा-१
नवलपरासी पश्चिम-१
डडेल्धुरा-१
बाँके-१
दाङ-१
रामेछाप-१
उदयपुर-१
झापा- १

डेंगी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्छ । डेंगी सार्ने लामखुट्टे टायर, गमला कुलर, खुल्ला स्थनमा पानी जमेका भाँडामा बस्छ । डेंगी संक्रमित ब्यक्तिलाई टोकेको लामखुट्टेले अर्को ब्यक्तिलाई टोक्दा पनि यो रोग सर्न सक्छ । त्यसैले डेंगीको संक्रमणबाट बच्न लामखुट्टेको बास स्थान नष्ट गर्ने र झुल लगाएर सुत्नु पर्छ । डेंगी एक ब्यक्तिबाट अर्कोमा सर्न नदिन संक्रमित ब्यक्तिलाई दिउँसोमा पनि झुल लगाएर राख्नु पर्छ । डेंगी समयमै उपचार भए एक हप्तामै निको हुन्छ ।

भारतको गुजरातबाट घर फर्किएका वीरेन्द्रलाई ज्वरो आउने, टाउको र शरिर दुख्ने, थकाइ लाग्ने जस्ता लक्षण देखिए पछि डेंगुको शंका गरेर उपचारका लागि अस्पताल पुर्‍याइएको हो ।

कोरोनासँग जुधिरहेका बेला डेँगीको प्रकोप पनि फैलिएको छ । त्यसैले सरकार र नागरिक दुवै सचेत हुन जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *