Main News

नेपाली दूतावासद्वारा साउदीबाट नेपाली फर्काउने पहल शुरु

हिमालय टिभी
२०७७ जेठ २० गते १३:०५
नेपाली दूतावासद्वारा साउदीबाट नेपाली फर्काउने पहल शुरु

२० जेठ, २०७७, काठमाडौं । साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदी रहेका नेपालीलाई स्वदेश फर्कनका लागि आवश्यक पहल थालेको छ ।

दूतावासले साउदीमा रहेका र समस्यामा परेका नेपालीलाई थप विवरण बुझाउन अनुरोध गरेको हो । यसअघि दूतावासमा विवरण बुझाएकाले पनि थप विवरण ईमेल वा फोनमार्फत टिपाउनु पर्नेछ ।

नेपाल फर्किन साउदीमा रहेका धेरै नेपालीले फारम भरेको समेत दूतावासले जनाएको छ । बहिर्गमन भिसा लागेका, करार समाप्त भएका, रोगजारी गुमाएका, महिला, गर्भवती, पारिवारिक र भिजिट भिसामा आएका, नवीकरण नगरिएका वा नबनाइएका, आफन्तको मृत्यु भएका, कोरोनाबाहेक अन्य बिरामीले विवरण बुझाउनु पर्ने छ ।

यस्तै रोजगारीसहित बिदामा जाने, अध्ययन सकेर नेपाल जानुपर्ने विद्यार्थी लगायतले यस अघि नै फारम भरेको दूतावासले जनाएको छ । नेपाल सरकारले कोरोना संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश जानुपर्ने अवस्थामा रहेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश जान सहजीकरण गर्ने निर्णय भएको हुँदा अविलम्ब राजदूतावासको ईमेलमा विवरण पठाउन अनुरोध गरिएको छ ।

हवाई टिकट, कोरोना संक्रमणको अनिवार्य स्वास्थ्य परिक्षण, क्वारेन्टिइनमा बस्नुपर्ने अवधि तथा पालना गर्नुपर्ने अन्य शर्तका बारेमा पछि जानकारी गराइने राजदूतावास जनाएको छ ।

प्रतिक्रिया

2 thoughts on “नेपाली दूतावासद्वारा साउदीबाट नेपाली फर्काउने पहल शुरु

Leave a Reply to Rajen Cancel reply

Your email address will not be published. Required fields are marked *