Main News

उडान शुरु गर्न यस्तो छ अन्तर्राष्ट्रिय विमानस्थलको तयारी (भिडियोसहित)

हिमालय टिभी
२०७७ जेठ १८ गते २०:४१
उडान शुरु गर्न यस्तो छ अन्तर्राष्ट्रिय विमानस्थलको तयारी (भिडियोसहित)

१८ जेठ, २०७७, काठमाडौं । मुलुकमा कोरोना संक्रमण फैलिन नदिन मुलुकलाई लक डाउन गरिएको छ भने मध्य असारसम्मका लागि अत्यावश्यक बाहेक अन्तरौष्ट्रिय उडानमा रोक लगाइएको छ । त्यसैले सामान्य अवस्थामा निकै भिडभाड हुने विमानस्थल यतिबेला सुनसान छ । यसकैको मौका छोपी विमानस्थलमा भौतिक समाजिक दुरी कायम गर्नेगरी मार्किङ गरिएको छ भने कतिपय नयाँ संरचना पनि निर्माण गरिएको छ ।

त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय तथा आन्तरिकतर्फ प्रवेश गर्दै हुनुहुन्छ ? यदि त्यसतर्फ जाँदै हुनुहुन्छ भने तपाईले यसअघिभन्दा फरक पाउनुहुनेछ । विमानस्थलले लक डाउनको मौका छोपेर अरु पूर्वाधार निर्माणको काम गरेको छ । यसअघि कायम रहेको ३ हजार मिटरको रनवेलाई ३ सय मिटर बढाएर ३३ सय मिटर पुर्‍याएको छ । उसले ठूला विमान पनि सहजै रुपमा अवतरण गर्न सक्नेगरी दक्षिणतर्फ ३ सय मिटर रन वे बढाएको छ ।

कोभिड नाइनिन्टबाट जोगिन पनि विमानस्थलले अरु काम गरेको छ । कोभिड १९ का कारण एक अर्को व्यक्तिबीच दूरी कायम राख्नुपर्ने भएकाले प्रस्थान कक्षतर्फ नै तपाईले एक मिटरको दूरी कायम गरी उभिनुपर्छ । त्यसका लागि पैदलसहितको स्टिकरको मार्किङ छ ।

त्यस्तै, विमान चढ्नुअघि यात्रु बस्ने प्रस्थानतर्फको विश्राम कक्ष पनि नयाँ बनाइएको छ ।
नयाँ संरचनासंगै विश्राम कक्ष र पार्किङमा राखिएको विमानबीचको करिब ५० मिटर दूरी हुनुपर्ने आइकाओको नियमले पूर्णता पाएको छ । अर्थात अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठनको मापदण्डमा यो काम भएको छ ।

लकडाउनकैबीच सम्पन्न अर्को संरचना हो पार्किङ स्लट । यसअघिको ९ वटा पार्किङ स्लटमा ६ बटा थपेर १५ वटा बनाइएको छ । यससंगै मौषमबाहेक पार्किङ स्लट नपाएर आकासमै जहाज घुमाउनुपर्ने अवस्थाको पनि अन्त्य भएको छ । त्रिभुवन विमानस्थलको आगमनतर्फको संरचनाले पनि अन्तिम रुप पाएको छ । यसअघिको आगमन कक्ष परिवर्तन गरी अब विमानबाट ओर्लिएलगत्तै यात्रु नयाँ ट्याक्सी पार्किङ तर्फको बाटो भएर बाहिरिनुपर्ने हुन्छ ।

कोभिड नाइनिन्टबाट जोगिन पनि विमानस्थलले अरु काम गरेको छ । कोभिड १९ का कारण एक अर्को व्यक्तिबीच दूरी कायम राख्नुपर्ने भएकाले प्रस्थान कक्षतर्फ नै तपाईले एक मिटरको दूरी कायम गरी उभिनुपर्छ । त्यसका लागि पैदलसहितको स्टिकरको मार्किङ छ ।

बाहिरबाट हात स्यानीटाइज गर्दै आफू र आफ्नो सामानको सुरक्षा जाँच गरेपछि विमान कंपनीको काउण्टरमा प्रवेश गर्दा पनि यो नियम पालना गर्नुपर्ने हुन्छ ।

यात्रु प्रस्थान र विश्राम कक्षमा पनि एक सिट खाली राखेर मात्रै बस्नुपर्छ । यसका लागि एक सिटको अन्तरमा बस्न नमिल्ने र मिल्नेगरी स्टिकर टाँसिएको छ । विमानस्थलले विश्वस्वास्थ्य संगठनको र अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठनको मापदण्डमा आधारित रहेर यो काम गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *