राजनीति
प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्यः निजी चिकित्सक शाह
२०७६ भदौ २० गते ९:२५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक दिव्या सिंह शाहले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभएको छ ।
प्रधानमन्त्री ओली स्वदेश फर्के लगत्तै विज्ञप्ति निकालेर डाक्टर शाहले प्रधानमन्त्रीको अवस्था सामान्य रहेको र नियमित कामलाई निरन्तरता दिन सक्ने पनि स्पष्ट पार्नुभएको छ ।
प्रधानमन्त्री ओलीको शरीरमा रहेको एन्टिबडी सिंगापुरको नेशनल युनभर्सिटी अस्पतालमा वैज्ञानिक प्रविधिबाट सफलतापूर्वक हटाइएको पनि उहाँले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया