राजनीति

प्रधानमन्त्री ओलीको उपचार प्रक्रिया आज सकिने

हिमालय टिभी
२०७६ भदौ १८ गते ७:४६
प्रधानमन्त्री ओलीको उपचार प्रक्रिया आज सकिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरमा जारी उपचार प्रक्रिया आज सकिने भएको छ । प्रधानमन्त्री ओलीको आज प्लाजा फेरेसिस प्रक्रियाबाट सातौँ चरणको उपचार भइरहेको छ ।

प्रधानमन्त्रीका निजी चिकित्सकहरुले आज सातौँ चरणको प्रक्रिया सम्पन्न भएसँगै उपचार पूरा हुने बताउँदै आएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले पनि आइतवार ट्वीट गर्दै बुधबार सातौं चरणको प्रक्रिया सम्पन्न भएसँगै उपचार पूरा हुने जानकारी दिनुभएको थियो ।

प्लाजा फेरेसिस प्रक्रियाबाट मिर्गौलासम्बन्धी एन्टिबडीलाई निराकरण गरिन्छ । उपचारको सिलसिलामा भदौ ५ गते सिंगापुर गएका प्रधानमन्त्री ओलीको सोमबार छैठौँ चरणको प्लाजा फेरेसिस भएको थियो । सिंगापुरस्थित न्यासनल युनिभर्सिटी अस्पतालमा प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण भइरहेको छ ।

सातौँ चरणको उपचार प्रक्रिया सकिएसँगै चिकित्सकहरूको परार्मशपछि प्रधानमन्त्री ओली स्वदेश फर्किने मिति तय हुनेछ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार अर्यालका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्