राजनीति
सरकारकै कारण कर्मचारी समायोजनमा समस्याः कर्मचारी संगठन
२०७६ भदौ ९ गते ९:३०

काठमाडौं । नेपाल निजामति कर्माचारी संगठनले समायोजनमा सरकारकै कारण समस्या देखिएको आरोप लगाएको छ ।
संगठनको छैटौं बैठकले गरेको निर्यण सार्वजनिक गर्दै संगठनका नेताहरुले दरबन्दी नभएका स्थानमा कर्मचारी पठाइएका कारण समायोजनमा समस्या देखिएको बताए ।
उनीहरुले संघीय मामिला मन्त्रालय र स्थानीय तहबीच सम्वन्य नहुँदा काम गर्न गाह्रो भएको गुनासो समेत गरेका छन् ।
उनीहरुले समायोजन भइ प्रदेश र स्थानीय तहमा गएका कर्मचारीहरुलाई सम्बन्धित कार्यालयमा नै हाजिर गराउने व्यवस्था गर्न र सो व्यवस्था नहुन्जेल त्यस्ता कर्मचारीलाई जिम्मेवारीसहित कामकाजमा खटाउन सरकारसँग माग समेत गरेका छन् ।
प्रतिक्रिया