राजनीति

सरकारले काम गर्न नसक्दा लोकतन्त्रमाथि नै आक्रमणः नेता कोइराला

हिमालय टिभी
२०७६ भदौ ४ गते ७:०३
सरकारले काम गर्न नसक्दा लोकतन्त्रमाथि नै आक्रमणः नेता कोइराला

मोरङं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले दुई तिहाईको नेकपा सरकारले जनअपेक्षा अनुसार काम गर्न नसक्दा लोकतन्त्रमाथि नै आक्रमण शुरु भएको आरोप लगाउनुभएको छ ।

मंगलबार सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी ओलीले प्रतिगमनकारीले लोकतन्त्रमाथि आक्रमण गरेको बताउनुभएको थियो । नेता कोइरालाले त्यसका लागि सरकारका काम कारवाही जिम्मेवार रहेको टिप्पणी गर्नुभएको हो ।

विराटनगरमा आज रमा मायादेवी रिजाल पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा उहाँले लोकतन्त्र विरोधी शक्तिका गतिविधि बढेको भने स्वीकार गर्नुभयो ।

सरकार आफै पनि लोकतन्त्रविरोधी कामका सक्रिय रहेको नेता कोइरालाले आरोप लगाउनुभयो । सरकारले जनअपेक्षा अनुरुप काम गरे मुलुकमा अस्थिरता मच्याउने तत्व आफै निश्कृय हुने उहाँको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्