राजनीति

नेपालले जम्मू–कश्मीरको विषयलाई नजिकबाट नियालिरहेको छः मन्त्री ज्ञवाली

हिमालय टिभी
२०७६ भदौ २ गते १२:०५
नेपालले जम्मू–कश्मीरको विषयलाई नजिकबाट नियालिरहेको छः मन्त्री ज्ञवाली

काठमाडौं । सरकारले जम्मू–कश्मीरको विषयलाई नजिकबाट नियालिरहेको प्रतिक्रिया दिएको छ ।

पत्रकार सम्मेलन गरी परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली जम्मु कश्मिरबारे प्रतिक्रिया दिनुभएको हो । यो विषयलाई नेपाल सरकारले नजिकबाट नियालिरहेको’ मन्त्री ज्ञवालीको प्रतिक्रिया छ । र, यो विषयमा भारतले चाहेपनि छलफल नहुने उहाँले प्रष्ट पार्नुभयो ।

भारतले संविधानको धारा ३७० खारेज गरी जम्मू कश्मीरको विशेष राज्यको दर्ता खोसेर लद्दाखलाई अलग राज्य बनाएको छ ।

यसलाई लिएर जम्मू कश्मीरमा तनाव जारी छ । र, यो विषयमा विभिन्न देशले फरक फरक प्रतिक्रिया दिईरहेका छन । यो विषय राष्ट्र संघ सुरक्षा परिषदमा पनि पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्