राजनीति

वरियता खोसेर अपमान गरियोः वरिष्ठ नेता नेपाल

हिमालय टिभी
२०७६ भदौ २ गते ९:२५
वरियता खोसेर अपमान गरियोः वरिष्ठ नेता नेपाल

काठमाडौंं । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले वरियता खोसेर आफ्नो अपमान गरिएको बताउनुभएको छ ।

जनकपुरमा पत्रकारसँग नेकपाका वरिष्ठ नेता नेपालले सचिवालयको पछिल्लो निर्णयका बारेमा सार्वजनिक रुपमै असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

कार्यक्रममा सहभागी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हेर्दै नेपालले पहिले झलनाथ खनाल र अहिले आफूलाई अपमान गरिएको बताउनुभयो । नेता नेपालले पहिले आफुलाई वरियतामा माथि लैजाने निर्णय नै गल्ती भएको टिप्पणी गर्नुभयो ।

नेता नेपालले एकताका क्रममा यसअघि थुप्रै त्रुटी भएको र तिनलाई पनि सच्चाउनुपर्ने बताउनुभयो । नेकपाको हिजो बसेको सचिवालय बैठकले माधवकुमार नेपाल भन्दा झलनाथ खनालको वरियता माथि बनाएको थियो । तत्कालीन एमालेमा पनि खनाल नै वरिष्ठ हुनुहुन्थ्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्