पर्व

ताराखोलामा मनाइन्छ भुस पोल्ने पर्व

२७ कात्तिक २०७८ गलकोट । बागलुङको ताराखोला गाउँपालिकाको मुख्य पर्वको रुपमा प्रचलित छ भुस पोल्ने पर्व । अर्गेली मगर समुदाय सामूहिक कृषि खेतीमा परिणत भएको दिनको सम्झनामा मनाइने पर्वलाई यहाँका स्थानीयले भुस पोल्ने पर्वको रुपमा मनाउँदै आएका छन् ।...

पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्छ : राष्ट्रपति भण्डारी

२४ कात्तिक २०७८ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । यस पर्वले भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो समाजमा आपसी...

छठ पर्व विधिवत् सुरु, आज ‘नहाय–खाय’

२२ कात्तिक २०७८ महोत्तरी । मिथिला क्षेत्रमा छठ पर्वको रौनक छाएको छ । सूर्य उपासनाको महापर्व छठका तयारीमा मिथिला क्षेत्रका जनजन परिचालित देखिँदा छन् । पर्वको प्रारम्भ व्रतालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् । यसो त कात्तिक शुक्ल तृतीयाकै दिन...

मिथिलामा ‘गोधन’ पर्व मनाइँदै

१९ कात्तिक २०७८ महोत्तरी । दीपावली (तिहार) पर्वको चौथो अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन आज महोत्तरीसहितका मिथिला क्षेत्रमा गोधन पर्व मनाइँदै छ । बस्तीका आपस्त बन्धुबान्धव, परिवारका घरमूली, महिला एक ठाउँमा जम्मा भई मङ्गल गीत गाउँदै यो पर्व मनाउने...

बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमा पर्व

२ कात्तिक २०७८ काठमाडौं । नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना...

आज महाअष्टमी पर्व : तीन देवीको पूजा आराधना गरी मनाइँदै

२७ असोज २०७८ काठमाडौं । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ । महाअष्टमीको...

दसैँ पर्व : पुरानो संस्कृति लोप हुँदै

२६ असोज २०७८ काठमाडौं । दसैँ पर्व सुरु हुनु महिना दिनअघिदेखि नै गाउँघरमा बाबियो, काठ काट्न भ्याइनभ्याई हुन्थ्यो । पिङ तयार पार्न खरबारी, जङ्गलमा बाबियो काट्ने, काठ तयार पार्ने, बोक्नेको चहलपहलले दसैँको रौनकता छाउँथ्यो । अहिले भने परम्परागत पिङ...

तराईलगायतका जिल्लामा आज जितिया पर्व मनाइँदै

१३ असोज २०७८ काठमाडौं । तराईलगायत अन्य केही जिल्लामा आज जितिया पर्व मनाइँदै छ । मातृस्नेहको रुपमा मनाइने यो पर्वमा बिहानै नजिकैको जलाधार अथवा नदीमा स्नान गरी तोरीको तेल र ‘खर’ चढाउने परम्परा छ । यो पर्वमा आमाहरूले स्नान...

आज इन्द्रजात्रा र अनन्त चतुर्दशी पर्व मनाइँदै

३ असोज २०७८ काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल...

सुदूरपश्चिममा ‘बूढी पोल्ने’ पर्व मनाइँदै

१ असोज २०७८ डोटी । आज असोज १ गते सङ्क्रान्तिका दिन सुदूरपश्चिम प्रदेशमा ‘बूढी पोल्ने’ पर्व धुमधामका साथ मनाइँदैछ । हरेक वर्षको असोज १ गते यहाँका सात पहाडी जिल्लामा विजयोत्सवका रूपमा बुढी पोल्ने पर्व मनाइने चलन छ । राक्षस...