Main News

निषेधाज्ञाका बेलामा कालिमाटी क्षेत्रमा नागरिकलाई सचेत गराउँदै नेपाल प्रहरी (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ १० गते २०:२३
निषेधाज्ञाका बेलामा कालिमाटी क्षेत्रमा नागरिकलाई  सचेत गराउँदै नेपाल प्रहरी (भिडियोसहित)

१० भदौं २०७७ काठमाडौं । नागरिकले सचेतना नअपनाउँदा कोरोना संक्रमण बढ्दै गएको सरकारको गुनासो छ । यो समयमा नागरिकलाई जिम्मेवार बनाउन सरकार लागि परेको छ । प्रहरी प्रशासन पनि नागरिकलाई सचेत बनाउन खटिएको छ । तर प्रहरीको व्यवहार भने एकनासको छैन ।

देशभर कोरोना कहर छ । अधिकांस ठाउँमा निषेधाज्ञा जारी गर्दै सरकारले नागरिकलाई अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन आग्रह गरिरहेको छ । तर त्यसको पालना भने कमै भएको देखिन्छ । सरकारले निषेधाज्ञा लगाएर पनि विहान र बेलुका भने सडकमा मानिसको आवातजावत बाक्लै देखिन्छ ।

कोरोना संक्रमणबाट बच्न दुरी कामय गर्नू पर्छ , भिडभाडमा जाँदा दुरी कायम गर्नू पर्छ भनिए पनि नागरिकले पालना गरेका छैनन् । निषेधाज्ञाको पालना गराउने प्रहरीले टोलटोलमा पुगेर नागरिकलाई सचेत गराउँदै, घर बाहिर ननिस्कन आग्रह गरिरहेको छ ।

हामी विन्ति गर्छौ….आफ्नो लागि घरमै बस्नुहोस्

कोरोनाबाट बच्न सावधानी नअपनाउँदा संक्रमण र मृतकको संख्या बढिरहेको छ । यो अवस्थामा कालिमाटी प्रहरी वृत्त मात्रै होईन,देशभरका प्रहरी नागरिकलाई बाहिर ननिस्कन, मास्क लगाउन, दुरी कायम गर्न भनिरहेका छन् । रसुवामा पनि ट्राफिक प्रहरी यसरी नै सावधानी अपनाउन नागरिकसँग आग्रह गरिरहेको छ ।

सावधानी अपनाउनुहोस्….

तर सबै ठाउँमा प्रहरीको व्यवहार यस्तो छैन । निषेधाज्ञा पालना गराउने नाममा केही प्रहरीले भने आपद परेर घर बाहिर निस्केका नागरिकमाथि पनि कठोर र अनावश्यक व्यवहार गरिरहेको छ ।

उठबस ! सय २० पुर्‍योइस्
काठमाडौं बाहिरका जिल्लामा पनि दुई तीन हप्तादेखि निषेधाज्ञा जारी छ काठमाडौंमा फेरि निषेधाज्ञा एक हप्ता थपिएको छ । जसका कारण नागरिकलाई हातमुख जोड्न समस्या पर्न थालेको छ । त्यसैले नागरिक घर बाहिर पनि निस्किन थालेका छन् । त्यसैले प्रहरीले कान समातेर उठबस गर्न लगाउनुको सट्टा उनीहरुलाई परेको समस्या पनि बुझ्नु पर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *