राजनीति

रास्वपा सरकारमा जाला त ?(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० वैशाख १६ गते २०:०९
रास्वपा सरकारमा जाला त ?(भिडियो रिपोर्टसहित)

१६ वैशाख २०८० काठमाडौं । सरकारलाई समर्थन दिइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने कि नजाने भन्नेमा अन्योलमा देखिन्छ ।

उपनिर्वाचनबाट एक सिट थप्न सफल स्वतन्त्र पार्टीलाई प्रतिपक्षमा बस्न दबाब देखिँदा शिर्ष नेतृत्व भने सरकारमा सहभागी हुन चाहिरहेको छ ।

वैशाख १० को निर्वाचनमा उत्साहजनक नतिजा निकालेको राष्ट्रिय स्वतन्त्र पार्टी अहिले राष्ट्रिय चर्चामा छ । चितवन २ मा सभापति रवि लामिछाने र तनहुँ १ मा स्वर्णिम वाग्ले निर्वाचित हुनुभयो ।

सभापति लामिछानेको नागरिकता अवैध भएपछि भएको उपनिर्वाचनमा पनि भारी मतान्तरले जितेपछि अलमलमा रहेको स्वतन्त्र पार्टीमा नयाँ स्फुर्ति देखिएको छ । सरकारलाई समर्थन कायमै राखेको स्वतन्त्र पार्टीले उत्साहजनक जित हासिल गरेपछि सरकारलाई समर्थन दिइरहनुपर्ने कारण नभएको प्रतिक्रिया दियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी २० सांसद सहित संसदमा चौंथो ठूलो दलका रुपमा छ । सभापति लामिछानेको जितपछिको प्रतिक्रियाले संसदमा सपथलगत्तै स्वतन्त्र पार्टी प्रतिपक्षी बेञ्चमा जाने धेरैको अनुमान थियो । सरकारमा जाने वा अहिले दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षी बेञ्चमा बस्ने रास्वपा अलमलमा छ । संसदीय दलको बैठक बसेर यसबारे निर्णय लिने बताइएको छ ।

उसो त अहिलेसम्म स्वतन्त्र पार्टीको निर्णयमा सभापति लामिछाने हावी हुँदै आउनुभएको छ । अहिले पनि सरकारमा जाने वा प्रतिपक्षमा जाने भन्नेमा उहाँको भूमिका नै पार्टीभित्र निर्णायक हुनेछ । उपनिर्वाचनलगत्तै लामिछानेको प्रयास भने सरकारमा जाने रहेको बताइन्छ । प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयका अनुसार लामिछाने र प्रचण्डबीच टेलिफोन संवाद भइरहेको छ ।

जसमा लामिछानेले सरकारको निरन्तरताकै पक्षमा रहेको बताउनुभएको छ । साझा न्यूनतम कार्यक्रम पुनर्लेखन र पुरानै मन्त्रालय पाए सरकारमा सहभागि हुने स्वतन्त्र पार्टीको अडान छ । यसले स्वतन्त्र पार्टी बाहिर अभिव्यक्ति दिएजस्तो प्रतिपक्षमा रहेर सरकारलाई खबरदारी गर्ने भन्दा सरकारमा सहभागि हुनै प्रयासरत छ ।

स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउन चाहे पनि उसले मागेको मन्त्रालय दिन भने प्रधानमन्त्री प्रचण्डलाई सहज देखिँदैन । यस्तो अवस्थामा मागेको भन्दा भिन्न मन्त्रालय लिएर भए पनि स्वतन्त्र पार्टी सरकारमा सहभागि हुन्छ वा प्रतिपक्षी बेञ्चमा जान्छ ? हेर्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्