राजनीतिक संयन्त्रमा सहकार्य बलियो बनाउने सहमति

२९ माघ २०७९ काठमाडौं । सत्ता साझेदार दलहरु सहकार्यलाई थप मजबुत ढंगले अघि बढाउन सहमत भएका छन् ।
शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बालुबाटारमा बसेको बैठकमा सहकार्यलाई अघि बढाउँदै छलफललाई निरन्तरता दिने सहमति भएको हो । बैठकपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले गरेका कामकारबाहीको बारेमा समीक्षा भएको जानकारी दिनुभयो ।
अध्यक्ष लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा ल्याउनेबारे पनि छलफल भएको बताउनुभयो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा ल्याउनेबारे पनि छलफल भएको जानकारी दिनुभयो ।
राष्ट्रपतिको उम्मेदवारबारे बैठकमा छलफल नभएको भन्दै सरकार निर्माणको क्रममा भएको सहमतिमा कुनै विमती नरहेको अध्यक्ष लिङ्देनले दाबी गर्नुभयो ।
बैठकमा जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका नेता सहभागी भएनन् । सरकारबाट बाहिरिएर विपक्षमा बस्ने घोषणा गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भने बैठकमा सहभागी हुनुभयो ।
प्रतिक्रिया