Main News

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा एमालेका कुमार दसौदी निर्वाचित

हिमालय टिभी
२०७९ माघ २५ गते १६:४८
लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा एमालेका कुमार दसौदी निर्वाचित

२५ माघ २०७९ काठमाडौं । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेकपा एमालेका कुमार दसौंदी निर्वाचित हुनुभएको छ ।

आज भएको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार दसौंदीले ४ हजार २६ मत पाएर विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका माधव आचार्यले ३ हजार ७२० मत पाउँदा नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले १ सय ९२ मत प्राप्त गरेका थिए ।

लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३ सय ५ रहेकोमा ३ सय ४ मत खसेको थियो । एक जना मतदाता अनुपस्थित रहे ।

एमालेका खिमलाल भट्टराईले प्रतिनिधिसभा निर्वाचनका क्रममा राजीनामा दिएपछि उक्त प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्य पद रिक्त भएको थियो । सोही पदमा दसौँदी निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *