Main News

उच्च मनोबल र सतर्कता नै कोरोनासँग लड्ने हतियारः विज्ञ

हिमालय टिभी
२०७७ साउन ३१ गते ७:१९
उच्च मनोबल र सतर्कता नै कोरोनासँग लड्ने हतियारः विज्ञ

३१ साउन, २०७७ काठमाडौं । कोरोना भाइरसको जोखिम बढ्दै गए पनि सतर्कता अपनाउँदै मनोबल उच्च बनाउन सके यसलाई जित्न सकिने चिकित्सकले बताएका छन् ।

चिकित्सकका अनुसार संक्रमितमध्ये सय जनामा ६७ जना निको भएर घर फर्किएका छन् । कुल संक्रमितलाई आधार मान्दा एक सय जनामा ६७ जना निको भएर घर फर्किएका हुन् ।

अन्य केही पनि सन्चो हुने क्रममा रहेकाले कोरोना संक्रमण हुनेबित्तिकै मरिन्छ कि भन्ने डर र त्रास भने लिन नहुने चिकित्सकको सुझाव छ ।

सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनले कोरोनाबाट जोगिने उपाय भनेकै आत्मानुशासन रहेको बताउनुभयो । आफ्नो शरीरको ख्याल आफैं गर्ने र भीडभाड नगरी सतर्क भइ बसे कोरोना नलाग्ने र लागेपनि जित्न सकिने बताउनुभयो ।

संक्रमित २५ हजार ५ सय ५१ मध्ये हालसम्म १७ हजार ७७ जना डिस्चार्ज भएका छन्, जुन ६६ दशमलव ८३ प्रतिशत हो । संक्रमितहरूमध्ये डिस्चार्ज हुनेको संख्या पनि उल्लेखनीय रहेको भन्दै नआत्तिन र सतर्क रहनुपर्ने चिकित्सकको सुझाव छ ।

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले एकपटक निको भएका व्यक्तिबाट कोरोना संक्रमण नसर्ने भन्दै उनीहरूलाई शंका र दुर्व्यवहार गर्न नहुने बताउनुभयो ।

रोग प्रतिरोधात्मक क्षमता बढाउने, पोसिलो खाना खाने र व्यायाम गर्ने हो भने भाइरसलाई जित्न सकिने उहाँको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *