Main News

चोलेन्द्रलाई रोक्न सर्वोच्चको गेटमा कानून व्यवसायीको धर्ना (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ मंसिर २१ गते १७:५५
चोलेन्द्रलाई रोक्न सर्वोच्चको गेटमा कानून व्यवसायीको धर्ना (भिडियो रिपोर्टसहित)

२१ मंसिर २०७९ काठमाडौं । संसदको ‘क्लिन चिट पाएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च हाजिर हुने जनाउ दिएपछि कानून व्यवसायीले सर्वोच्च अदालतको मूलगेटमा धर्ना दिएका छन्।

प्रधानन्यायाधीश जबराले आफ्नो निलम्बन फुकुवा भएको पत्र संसद सचिवालयबाट पाएलगत्तै सर्वोच्च अदालत पुग्ने संकेत पाएका कानून व्यवसायी धर्नामा बसेका हुन् ।

नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीसहित भेला भएका उनीहरुले संविधान र कानून विपरित निलम्बन फुकुवा गर्ने पत्र संसद सचिवालयले दिएको उल्लेख गर्दै जबरालाई कुनै पनि हालतमा सर्वोच्च अदालतमा प्रवेश हुन नदिने उनीहरुको जिकीर छ ।

संसद सचिवालयका महासचिव भरतराज गौतमले महाअभियोग फुकुवा भएको भन्दै निलम्बित प्रधानन्यायाधीश जबरालाई फुकुवा पत्र दिनु भएको थियो ।

जुन पत्र संविधान र कानुन विपरित रहेकाले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतमा प्रवेश हुन नदिने कानुनी व्यवसायीहरुको तर्क छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *