Main News

महोत्तरी–१ मा एमालेका महतो निर्वाचित, पोखरेल पराजित

२०७९ मंसिर ११ गते ७:३१
महोत्तरी–१ मा एमालेका महतो निर्वाचित, पोखरेल पराजित

११ मंसिर २०७९ महोत्तरी । महोत्तरी–१ मा नेकपा (एमाले)का लक्ष्मी महतो निर्वाचित हुनुभएको छ ।

आज बिहान सम्पन्न मतगणना परिणामअनुसार उहाँले आफ्ना निकटतम् प्रतिष्पर्धी नेकपा (माओवादी केन्द्र)का गिरिराजमणि पोखरेलाई एक हजार ३१ मतले उछिन्दै विजयी हुनुभएको हो ।

महोत्तरी–१ को निर्वाचन अधिकृतको कार्यालयका अनुसार नव निर्वाचित महतोले २४ हजार चार सय एक र पोखरेलले २३ हजार तीन सय ७० मत प्राप्त गर्नुभएको छ । त्यसैगरी महोत्तरी–१ (१) प्रदेशसभा क्षेत्रमा एमालेकै शारदा थापा आठ हजार दुई सय ४५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

थापाका निकटतम् प्रतिस्पर्धी लोसपा नेपालका पिताम्वर महतोले सात हजार पाँच सय ८५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत गुणराज श्रेष्ठले जानकारी दिनुभयो । यो परिणाम सार्वजनिक भएसँगै जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाका सबै क्षेत्रको प्रत्यक्षतर्फको गणना सकिएको छ । जिल्लामा चार प्रतिनिधसभा र आठ प्रदेशसभा क्षेत्र छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *