Main News

सरकारसँग १२ बुँदे सहमतिपछि इनफ इज इनफ अभियानको अनसन तोडियो

हिमालय टिभी
२०७७ साउन २५ गते १३:१०
सरकारसँग १२ बुँदे सहमतिपछि इनफ इज इनफ अभियानको अनसन तोडियो

२५ साउन, २०७७ काठमाडौं । सरकारसँग १२ बुँदे सहमति भएपछि ‘इनफ इज इनफ’ अभियानका अभियन्ताले आमरण अनसन तोडेका छन् ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले अभियन्ता ईः लाई अनसनको २३ औं दिनमा पानी पिलाएर अनसन तोडाउनु भएको हो ।

ईः र स्वास्थ्य मन्त्रालयबीच पीसीआर परीक्षणको दायरा बढाउने, आरडीटी परीक्षण बन्द गर्ने, क्वारन्टिन व्यवस्थित गर्ने स्वास्थ्यकर्मीलाई पीपीई अभाव भयो भने तत्काल उपलब्ध गराउने, कोरोना नियन्त्रणमा भएको खर्च यथाशिघ्र सार्वजनिक गर्नेलगायतका १२ बुँदे सहमति भएको हो ।

कोरोना नियन्त्रणमा सरकारका कामकारवाही प्रभावकारी नभएको भन्दै इनफ इज इनफ अभियन्ताले खबरदारी गर्दै आएका छन् । सरकारलाई दबाव दिने उद्देश्यले यसअघि असार २२ गते पनि ईः अनसन बस्नु भएको थियो ।

अनसन तोडिएपछि इनफ इज इनफले जारी गरेको प्रेस विज्ञप्तिमा युवाको स्वतःस्फूर्त अभियानको उपलब्धीस्वरुप पीसीआर परीक्षणको संख्या र दायरा वृद्धि भएको, कोभिड नाइन्टिन रोकथाम तथा नियन्त्रणमा स्वास्थ्य मन्त्रालयले तयार गरेको निर्देशिका तथा कार्यविधिको कार्यान्वयन, प्रचारप्रसार गर्ने गराउने काममा सकारात्मक पहल भएको उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *