Main News

विराटनगरमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ साउन २३ गते १४:१७
विराटनगरमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

२३ साउन, २०७७, विराटनगर । विराटनगरमा शुक्रबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार बिहान थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै महानगरपालिकाभित्र कोरोना संक्रमितको संख्या २ सय पुगेको हो ।

विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार शुक्रबार विराटनगर–९ मा ३ जना, विराटनगर–५ मा ३ जना, विराटनगर–११,३ र ६ मा १–१ जना कोरोना संक्रमित थपिएका हुन् ।

उनीहरूको स्वाबको नमूना २० साउनमा संकलन भएको थियो ।
विराटननगर ९ गुद्रीका संक्रमित राप्रपाका केन्द्रीय सदस्य हुन् । उनी नेपाल पत्रकार महासंघको सदस्यसमेत रहेका छन् ।

गुद्रीमा कोरोनाबाट एक जनाको मृत्यु भइसकेको छ भने अन्य व्यापारीमा पनि संक्रमण देखिएको छ ।

शुक्रबार ९ जना संक्रमित थपिएसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या २ सय पुगेको छ । संक्रमितमध्ये २ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *